१५ चैत्र २०८०, बिहिबार
Tags

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नागरिकता विधेयक फिर्ता

रणभूमी डेस्क आइतबार, साउन २९, २०७९

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन् । आइतबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको कार्यालयले विधेयक फिर्ता गरिएको जानकारी दिएको छ ।

विज्ञप्तिमा उल्लेख भए अनुसार विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले फिर्ता पठाएकी हुन् । नागरिकता विधेयक संसदले पारित गरेपनि सर्वसाधारणमा चर्को आलोचना भएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्