११ बैशाख २०८१, मंगलबार
Tags

बिपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण

उषा सरदार बुधबार, भाद्र ०१, २०७९

विराटनगर / नगर बाल क्लब सञ्जाल बिराटनगर महानगरपालिका मोरङ्गले बिपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरेको छ।

बुधवार सञ्जालले एक कार्यक्रमको आयोजना गरि बिराटनगर महानगरपालिका १४ मा रहेको सुकुम्बासी बिष्णु टोलका २३ जना बिपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो।

नगर बाल क्लब सञ्जाल बिराटनगरको आयोजना, जीवन बिकास समाज कटहरि २ को सहयोग र नव बुद्ध युवा क्लब जहदा २ को समन्वयमा भएको कार्यक्रममा उक्त शैक्षिक सामग्री वितरण गरिएको हो। कार्यक्रममा २३ जना बिपन्न परिवारका विद्यार्थीहरुलाई पर विद्यार्थी बराबर १० वटा कपि , रहेक विद्यार्थीलाई ज्यामेट्री बकस, र कलर पेन्सिल हस्तान्तरण गरेको हो।

कार्यक्रममा नगर बाल क्लब सञ्जाल बिराटनगर महानगरपालिका का अध्यक्ष गौतम मण्डल, बिराटनगर महानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष सुर्य नारायण महतो, नव बुद्ध युवा क्लबका अध्यक्ष अभय मगर लगायतको उपस्थिति रहेको थियो।

यहाँ कमेन्ट गर्नुहोस्