११ बैशाख २०८१, मंगलबार
Tags

सशस्त्र प्रहरीद्वारा २४० किलाे प्रतिबंधित लागुऔषध गाँजा बरामद

शुभ नारायण यादव आइतबार, भाद्र ०५, २०७९

सप्तरी / हनुमाननगर कङ्कालिनि नगरपालिका वडा न.१ स्थित काेशि ब्यारेजबाट आईतवार बिहान ९ वटा पाेकामा रहेको २४० किलाे प्रतिबंधित लागुऔषध गाँजा बरामद गरेकाे छ ।

सशस्त्र प्रहरी बल नेपाल ६ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खडकाले बताए अनुसार सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश भारदहबाट खटिएको सशस्त्र प्रहरीकाे माेबाइल गस्ति टाेलिले चेकको गर्ने क्रममा विशेष सुचनाकाे आधारमा उक्त ठुलाे परिणाममा गाजा बरामद गरेकाे हो । वहाँको अनुसार पछिल्लो समय प्रदेश न. १ काे मोरङ्ग, सुनसरी र मधेश प्रदेशको सप्तरीमा अवैध गाजा तस्करहरु सकृय रहेकाे अवस्थामा सिमावर्ति नाकामा चेकजाचमा कडाइ गरेपछि उक्त ठुलाे परिणाममा गाजा बरामद भएको बताउनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्