१४ बैशाख २०८१, शुक्रबार
Tags

लागुऔषध कारोवारी शुक्लाको घरमा छापा, ठुलो परिमाणमा लागुऔषध बरामद

रणभूमी डेस्क बिहिबार, भाद्र ०९, २०७९

जोगबनी / भारतको जोगबनीमा सीमा सुरक्षा बल एसएसबीले प्रहरीको सहयोगमा एक लागुऔषध व्यापारीको घरमा छापा मारी २ साय बोतल डाईलेक्स डिसी लागुऔषध अन्य लागुऔषध बरामद गरेको छ ।

एसएसबी र जोगबनी प्रहरीको संयुक्त टोलीले जोगबनी स्थित टिकुलिया वस्तीमा लागुऔषध को छापामारी को क्रममा लागुऔषध कारोबारी शुक्ला मियाँको घर पछाडिबाट दुई सय बोतल डिलेक्स डिसी, २ सय १५ थान नशालु ट्याब्लेट, चाँदीको ब्रेसलेट, १८ सय नेपाली रुपैयाँ बरामद भएको छ ।

छापा मार्ने निश्चित भएपछि सुरक्षाकर्मी जवानहरू लाई उक्त ठाउँमा पठाइएको थियो । सिपाहीहरूलाई देखेर शुक्लाले तीव्र गतिमा मोटरसाइकल दौडाउँदै आफ्नो घर पुग्यो र घरमा ताला लगायो । त्यसपछि जोगबनी प्रहरीको सहयोगमा उक्त घर खोलिएको थियो । सो क्रममा घरको पछाडिबाट लागुऔषध सहित अन्य सामान बरामद भएको एसएसबीले बताएको छ । जसको कागजी प्रक्रिया पूरा गरी जोगबनी प्रहरी चौकीमा बुझाइएको बताएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्