१३ बैशाख २०८१, बिहिबार
Tags

दुई देशको सम्बन्ध प्रगाढ बनाएको भन्दै भारतमा सम्मानित भए पं राम कुमार शास्त्री

भारत सरकारको गृह राज्यमन्त्री नित्यानंद राय स्वयंले गरे दोसल्ला ओढाएर सम्मान !

रणभूमी डेस्क मंगलबार, भाद्र १४, २०७९

विराटनगर / भारत नेपालमा सुविख्यात रहेका कथावाचक एवम धर्म संस्कृति संरक्षक, समाजसेवी पं राम कुमार शास्त्री जी भारत सरकारको गृह राज्यमंत्रि श्री नित्यानन्द राय द्वारा सम्मानित हुनुभएको छ । उहाँको आफ्नै फेसबुक पोस्ट बाट यो जानकारी गराईएको छ ।

राजविराजको भोरुकवा एफ एम ९२.प्‍ मेगाहर्ज बाट निरन्तर १५ बर्ष देखि ” संस्कृति संदेश” नामक कार्यक्रम सञ्चालन गर्दै आएका पण्डित जी को नेपाल-भारत को सिमावर्ति क्षेत्रमे बेस प्रभाव रहेको मानिन्छ ।

मुख्यत श्रीमद् भागवत महापुराणको प्रवक्ता उहाँ वेद पुराणको कुशल जानकार र ज्योतिषाचार्य को रुपमा परिचित छन्। नेपाल भारत मा लाखौं शिष्य रहेको शास्त्री जी को सामाजिक, सांस्कृतिक र राजनितिक रुपान्तरण मा समेत महत्वपूर्ण योगदान रहँदै आएको छ ।

वेद ध्वनि मासिक पत्रिका को प्रकाशक/ सम्पादक, वैदिक संस्कृति समाज, नेपालको अध्यक्ष तथा श्री पं राम कुमार शास्त्री गौ सेवा आश्रम, रुपनी सप्तरी को संस्थापक संरक्षक समेत रहनुहुने शास्त्री जी जनमानसमा राम्रो पकड़ भएका व्यक्तित्व हुन्।

मैथिलि भाषामा उनको कथा प्रवचन समाज कल्याणमा योगदान गर्दै आएको हो । जनचेतना रुपि धार्मिक प्रवचन द्धारा समाज लाई सद्मार्ग तिर डोर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको छ ।

सोहि सन्दर्भमा दुई देशको नागरिक बिच सम्बन्ध प्रगाढ बनाउन र समाज सुधारमा अमूल्य योगदान दिनुभएकाले उहाँलाई, प्रधानमन्त्री श्री नरेन्द्र मोदी नेतृत्वको भारत सरकारमा महत्वपूर्ण भूमिका निर्वहण गरिरहेका गृह राज्यमन्त्री एवं बिहार विजेपीको एक बरिष्ठ नेता समेत रहेका श्री नित्यानंद राय जी पाग र दोसल्ला ओढाएर सम्मानित गर्नुभएको हो। गत शनिवार बिहारको मधुबनी जिल्ला स्थित झंझारपुर विधानसभा क्षेत्र मा एक कार्यक्रम को बिच उनलाई सम्मान गरिएको उहाँकै एक पोस्टमा उल्लेख गरिएको छ ।

वार्षिक रुपमा उहाँसंग जुड़ेका हजारौं भारतिय शिष्य र शुभेच्छुक जन सप्तरीको रुपनी गाउँपालिका १ मा रहेको उनको आश्रममा आएर दर्शन तथा सदविचार ग्रहण गर्दै आएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित