१४ बैशाख २०८१, शुक्रबार
Tags

गन्गाई लोक संस्कृतिमा आधारित अंगिका भाषाको पहिलो चलचित्र कर्तव्य र संघर्षको शुभ मुहुर्तमा उद्घाटन

उषा सरदार शनिबार, भाद्र २५, २०७९

विराटनगर / गन्गाई जातिको लोक संस्कृतिमा आधारित अंगिका भाषाको पहिलो कर्तव्य र संघर्ष नामक चलचित्रको शुभ मुहुर्तमा आज एक कार्यक्रमको बिच उद्घाटन गरेको छ।

गणपति म्युजिक प्रा लि को प्रस्तुति र जीवन बिकास समाजको सहकार्यमा गन्गाई जातिको भेषभुषा,भाषा, संस्कृति र संस्कारमा आधारित भएर गन्गाई जातिको अंगिका भाषामा पहिलो चलचित्र बनाउन लागेको हो। आदिवासी जनजातीमा सुचिकृत गन्गाई जातिको आफनै भेषभुषा ,भाषा, संस्कृति र संस्कार भएकोले त्यसलाई संरक्षण र सम्बर्द्धन गर्न गन्गाई जातिले आफनै अंगिका भाषामा पहिलो चलचित्र कर्तव्य र संघर्ष बनाउन लागेको हो। गन्गाई जातिको कर्तव्य र उहाले गर्ने संघर्षमा आधारित भएर समाजको यथार्थ चित्रण गर्ने उदेश्यले उक्त चलचित्र बनाउन लागेको हो ।

अनुमानित ३० लाखको लागतमा बानाउन लागेको चलचित्रको पहिलो छायांकन असोज १० गते घटस्थापनाको दिन गर्ने भएको छ। चलचित्रको निर्देशक संतोष सरकारले निर्देशन गर्ने र चलचित्रमा गनगाई जातिको कलाकार र स्थानीय परिवेशलाई प्राथमिकता दिने बताउनु भयो। दुई घण्टाको उक्त चलचित्र बनाए पछि बिराटनगरको विभिन्न हल र छिमेकी देश भारतको बिहारमा प्रदर्शन गर्ने बताउनु भयो। कटहरी २ स्थित आफनै सामुदायिक भवनमा भएको शुभ मुहुर्त कार्यक्रमको अध्यक्षता गणपती म्युजिक प्रा लि को निर्देशक अशोक मण्डलले गर्नु भएको थियो। कार्यक्रमको प्रमुख अतिथि पुर्व उपप्रधानमन्त्री बद्री प्रसाद मण्डल ,बिशिस्ट अतिथि जीवन बिकास समाजको अध्यक्ष योगेन्द्र मण्डल , पुर्व संबिधान सभा सदस्य आशा सरदार , धनपालथान गाउँ पालिका अध्यक्ष जिवछ गच्छदार ,कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरी लगायत कार्यक्रममा गन्गाई जातिको जनप्रतिनिधि , महिला र अगुवाहरुको सहभागी रहेको थियो।

यहाँ कमेन्ट गर्नुहोस्