०७ बैशाख २०८१, शुक्रबार
Tags

स्वतन्त्र उमेदवार नरेश लाभ भन्छन एमाले र कांग्रेसको क्रियाशील असन्तुष्ट सदस्यले मलाई जिताउँछ

रणभूमी डेस्क शनिबार, आश्विन २२, २०७९

विराटनगर / हजारौं मानिसलाई तीर्थ यात्रा गराउने तथा एक सामाजिक अभियन्ता विराटनगर – १६ निवासी नरेश लाभले मंसिर ४ गते हुनगईरहेको प्रतिनिधि सभा, प्रदेश सभा निर्वाचनमा प्रदेश सभा सदस्य पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दिने भएका छन् ।

सामाजीक कार्यहरू गर्दै आईरहेका, स्वेच्छाले सहयोग मागेर भएपनि अरुलाई सहयोग गर्न चौबिसै घण्टा तत्पर रहने, कोरोना को भयावह महामारीको बेला एक युवाहरुको समुह कोबिड १९ एक्सन टीम समुह गठन गरी त्यसको नेतृत्व गर्दै दिन दुःखी, असहाय मानिसहरूको घर घर पुगेर सहयोग गर्दै सप्तकोशी तीर्थ यात्राको माध्यम बाट हजारौ मानिसहरुलाई तीर्थयात्रा गराई सामाजीक कार्य गर्दै आईरहेका नरेश लाभ ले देश को प्रमुख राजनीतिक दलहरुले कुर्सीको लागि आफ्नो एजेण्डा र पार्टीलाई मूल्यांकन गर्न छोड्छन् भने त्यस्तो अवस्थामा निस्वार्थ तथा स्वतन्त्र मानिसहरुले मात्र अरूको समस्या बुझ्न सक्छ भनी स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

नरेश लाभ भन्छन् सधैं भारी राजनीति गर्ने मानिसहरू पार्टीको ईसारामा मात्र काम गर्छन् । राजनीतिक दल पार्टी जो मतदान गर्ने जनताको प्रतिनिधि हुनुपर्ने हो तर अमूल्य मतदान गर्ने जनताको अमूल्य मतको कदर नगर्दै कुर्सी र पदको लोभमा त्यही जनताको भावना सँग खेलवाड गर्ने गरेको देखछु। मेरो उम्मेदवारी दिने कुनै रहर थिएन तर विभिन्न जात जाति वर्ग समूहको नाम बेचेर राजनीति गर्ने व्यक्तिहरू प्रतिको असन्तोष हो, जुन व्यक्ति वा समुसको नेतृत्व गर्ने मानिस जसले सधैं भरी अरु राजनेताहरुलाई गाली मात्र गरे, जहिले आफू जनताको हक हितको लागि मर्न तयार रहेको बताए तर अन्तिममा कुर्सीको कसको हुन्छ भन्ने सवालमा कुर्सी त मेरै हो त्यसको लागि जे गर्नु परे गर्न तयार छु भन्ने व्यक्तिहरूलाई चुनौती दिन उमेदवारी दिने निश्चित गरेको बताए।

त्यति मात्र नभएर राजनीतिक दलहरुमा आफ्नो जीवन समर्पित गरेर आजीवन पार्टीलाई आफ्नो माता पितालाई भन्दा पनि बढी प्राथमिकतामा राखेर योगदान पुर्याउने अभियन्ता राजनेता तथा समाजसेवीहरुलाई नेपाली कांग्रेस, एमाले, जसपा, जस्ता पार्टीले कुर्सीको लागि टिकट बाडफाडमा देश र जनताको समर्थन तथा आफ्ना असल नेता कार्यकर्ताको नाम बेचेर सोझासाझा जनतालाई ठग्ने काम गरीरहेका हुन्छन् त्यसको विरोधमा अचानक उम्मेदवारी दिने घोषणा गरेको बताए ।

लाभ ले भने म जुन ठाउँ बाट उम्मेदवारी दिने घोषणा गरेको छु त्यो ठाउँमा एमाले बाट योगेन्द्र मण्डल र नेपाली कांग्रेस बाट राजेश गुप्ता जस्ता असल मानिसहरूको उम्मेदवारी हुनेवाला थियो तर यी व्यक्तिहरूको नाम बेचेर पार्टीले आफ्नो कुर्सी सुरक्षित गर्ने कार्य गर्नु निन्दनीय भएको भन्दै जीत हार अलग ठाउँमा छ तर अरू भन्दा योग्य म छु मलाई मेरो समाजले पनि रुचाएको छ । त्यसैले मेरो उमेदवारी आवश्यक ठानेको छु । एमाले र कांग्रेसको क्रियाशील सदस्यहरू पनि पार्टी बाट असन्तुष्ट भएर मलाई भोट दिनुहुनेछ भन्ने कुरामा म बिश्वस्त छु ।

यहाँ कमेन्ट गर्नुहोस्