१३ मंसिर २०७९, मंगलबार
Tags

विश्व मानसिक स्वास्थ्य दिवशको अवसरमा सचेतनाको लागि प्रभातफेरि

उषा सरदार सोमबार, आश्विन २४, २०७९

बिराटनगर / कोशी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मिहरुले आज विभिन्न कार्यक्रम गरि विश्व मानसिक स्वास्थ्य दिवश मनाएको छ।

मानसिक स्वास्थ सम्बन्धि समस्या र विभिन्न चुनौतिलाई सामना गर्ने उदेश्य सहित सचेतनाका लागि सन १९९२ देखि प्रत्येक वर्ष अक्टोबर १० मा विश्व मानसिक स्वास्थ्य दिवश मनाउदै आई रहेको छ। सोही अनुसार आज कोशी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुले सबैका लागि मानसिक स्वास्थ्यलाई बिश्वब्यापी प्राथमिकता बनाऔ भन्ने नारा सहित कोशी अस्पतालबाट र्‍याली निकालि प्रभावित फेरि गरेको छ। मानसिक स्वास्थ्यको बारेमा जनमानसमा सचेतना र जागरण जगाउने उदेश्यले निकालेको र्‍यालीले बजार परिक्रमा गरि कोशी अस्पतालमा आएर कोण सभामा परिणत भएको थियो।

कोणसभालाई सम्बोधन गर्नु हुँदै मानसिक रोग चिकित्सक डाक्टर प्रभात चालिसेले घर र समाजमा रहेको मानसिक स्वास्थ्यको समस्यालाई हेला नगरि माया गरेर सकारात्मक सोचन लगाएर यो रोग हुनबाट जोगिन सकिने बताउनु भयो ।

आज यो विश्व मानसिक स्वास्थ्य दिवश नेपाल लगायत विभिन्न देशमा विभिन्न कार्यक्रमहरु गरि मनाउदै आएको छ।

यहाँ कमेन्ट गर्नुहोस्