१४ बैशाख २०८१, शुक्रबार
Tags

मध्य रातमा तस्करीको कपडा सहित दुई जना ईप्रका रानी द्वारा पक्राउ

रणभूमी डेस्क शनिबार, आश्विन २९, २०७९

विराटनगर / ईलाका प्रहरी कार्यालय रानी बाट खटेको टोलीले उखु बारीबाट मध्य रातमा भन्सार मूल्य अन्दाजी साढे ४ लाख बढीको अवैध कपडाहरु पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

भारत बाट विराटनगर -१६ स्थित मुसहर बस्तीको बाटो भएर रातिको समयमा कपडा तस्करी भई नेपाल आउनेगरेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानी र ईलाका प्रहरी कार्यालय रानी(सिमा) बाट मध्य रातमा एक प्रहरी टोली प्राप्त जानकारी अनुसारको ठाउँ दरैयाको उखु बारीमा खटेर शनिवार बिहानको साढे ४ बजेको समाउन सफल भएको थियो।

भन्सार छली मध्य रातको समयमा तस्करी गर्ने र त्यसमा संलग्न दुई जना मानिस सहित प्रहरीले नियन्त्रणमा लिएको सामान कपडाहरुमा कुर्था सुरुवाल ११० थान अन्दाजी भन्सार मुल्य २ लाख २० हजार रुपैयाँ, साडी ५० थान अन्दाजी भन्सार मुल्य ७५ हजार रुपैयाँ, ट्प्स २०५ थान अन्दाजी भन्सार मुल्य १ लाख ४३ हजार ५ साय रुपैयाँ र तन्ना २० थान अन्दाजी भन्सार मुल्य १४ हजार रुपैयाँ गरी जम्मा भन्सार मूल्यांकन ४ लाख ५२ हजार पाच सय रुपैयाँ कायम गरिएको थियो ।

त्यसैगरी उक्त कार्यमा संलग्न भई पक्राउ परेको व्यक्तिहरूमा विराटनगर -१६ बस्ने वर्ष ३५ को खेदन यादव र वर्ष २२ को दिनेश ऋषीदेवलाई समेत आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि विराटनगर भन्सार कार्यालय रानीलाई बुझाएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्