०७ बैशाख २०८१, शुक्रबार
Tags

विराटनगर -१६ का मुसहर समुदायले स्वतन्त्र उमेदवार नरेश लाभलाई सघाउने

रणभूमी डेस्क सोमबार, आश्विन ३१, २०७९

विराटनगर / आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मोरङ्ग क्षेत्र नं ५ (ख) का स्वतन्त्र उमेदवार नरेश कुमार लाभलाई विराटनगर १६ को मुसहर वस्तीमा बसोबास गर्ने ऋषिदेव समुदायका मानिसहरूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शनिवार विराटनगर १६ को दरैयामा पर्ने मुसहर वस्तीमा चुनावी प्रचार प्रसारको क्रममा लाभलाई फूल माला र अविरले स्वागत गर्दै प्रतेक ५ वर्षमा ठूला ठूला पार्टीका धेरै नचिनेको नेताहरुलाई भोट हालियौ तर यस पालि हामीलाई दुःखको बेला सहयोग गर्ने घर सम्मै पुगेर महामारीको समयमा सहयोग गरेकाे र चिर परिचित अनुहार भएको नरेश लाभलाई भोट दिएर जिताउने प्रतिबद्धता मुसहर ऋषिदेव समुदायका मानिसहरूले जनाएका छन् ।

उनीहरू भन्छन् हामो इतिहास लामो छ। हामी अरूको घर खेतमा काम गरेर जीविकपार्जन गर्छौं नत अहिले सम्म हाम्रो नाममा कहीं कतै जग्गा छ नत राम्रो घर राम्रो शिक्षा नै । हामी संग भएको भनिएको यही एक भोट छ जुन प्रतेक ५ वर्षमा माग्नलाई ठूला वडा नेताहरु हाम्रो घर दैलोमा आउने गरेका छन् । तर हामीमा एती चेतना छ कि बेटी र भोट एक असल मानिसलाई दिनु पर्छ त्यसैले नरेश लाभलाई सहयोग गर्छौ ।

यहाँ कमेन्ट गर्नुहोस्