१३ बैशाख २०८१, बिहिबार
Tags

मोरङ-२ मा :लोसपा प्रतिनिधि सभा सदस्यका उम्मेदवार सहित दुइ सय बढी कांग्रेसमा प्रवेश

रणभूमी डेस्क बिहिबार, कार्तिक ०३, २०७९

विराटनगर / मोरङको सुनवर्षीमा विभिन्न पार्टी परित्याग गरि दुई सय बढी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली काङ्ग्रेस सुनवर्षी नगर समितिका सभापति कमल्किशोर सिंहले बताए ।

सुनवर्षीको डायनियाँमा बुधवार बृहत पार्टी प्रवेश कार्यक्रममा लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पर्टी (जसपा), र नेकपा एमालेका २ सय बढी कार्यकर्ता पार्टीमा प्रवेश गरेको नेपाली कांग्रेसले दावी गरेको हो ।

कार्यक्रममा मोरङ क्षेत्र नम्बर २ मा लोसपाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणप्रसाद सिंह गन्गाई नेपाली कांग्रेसकी उम्मेदवार सुजाता कोइरालालाई समर्थन गर्दै कांग्रेसमा प्रवेश गरे ।

त्यस्तै लोसपाकै केन्द्रीय सदस्य अमरेन्द्र साहलगायत सो पार्टीका नगर र वडा समितिका कार्यकर्तासमेत कांग्रेसमा प्रवेश गरेका छन् । त्यसैगरी जनता समाजवादी र एमालेका कार्यकर्ताहरुसमेत उल्लेख्यरुपमा प्रवेश गरेको नेपाली कांग्रेस सुनवर्षीलेका सभापतिले बताए।

नवप्रवेशीहरुलाई पूर्वउपप्रधानमन्त्री समेत रहेकी नेपाली कांग्रेसकी प्रतिनिधिसभा सदस्यकी उम्मेदवार कोइराला, क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्यका उम्मेदवार विनोद कार्की, माओवादी केन्द्रका क्षेत्र नम्बर २ (क) का प्रदेशसभा सदस्य उम्मेदवार गणेश उप्रेतीलगायतले टिका र खादा लगाएर कांग्रेसमा प्रवेश गराएका थिए ।

सो अबसरमा नेतृ कोइरालाले आफु सो क्षेत्रको विकासमा लागि पर्ने प्रतिवद्धता जनाइन् । उनले आफ्ना बाबु स्वर्गीय गिरिजाप्रसाद कोइरालको कर्मभूमीमा उम्मेदवार बनेर आउन पाउँदा भावुक बनेको बताइन् । सो अबसरमा नेपाली कांग्रेसका सयौँ नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्