१६ चैत्र २०८०, शुक्रबार
Tags

मोरङ्ग क्षेत्र नं ६ मा कोईराला र पण्डितलाई टक्कर दिँदै गोपाल क्षेत्री कटुवाल

रणभूमी डेस्क आइतबार, कार्तिक ०६, २०७९

विराटनगर / मोरङ्ग को निर्वाचन क्षेत्र नं ६ मा सत्ता गठबन्धनका साझा उम्मेदवारको रुपमा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोईराला चुनावी मैदानमा छन् । एमालेका लालवावु पण्डित लगातार दोस्रो पटक चुनाव जित्ने दाउँमा छन् । कोईराला र पण्डित दुवै हेविवेट नेताका रुपमा चिनिन्छन् । तर, दुई हेविवेटलाई टक्कर दिन राप्रपाका गोपाल क्षेत्री कटुवाल तयारी सहित चुनावी दौंडमा एककदम अगाडी देखिन्छन् ।

कटुवालको उम्मेदवारीले हेविवेटद्धयलाई यसपाली प्रतिनिधि सभाको चुनाव जित्नु फलामको च्यूरा चपाउनुसरी हुने यस भेगका आम मतदाता बताउँछन् । विगतमा दुवै हेविवेटद्दयले दुई–दुई पटक चुनाव जिते, तर जनताको तहमा महसुस हुने कुनैपनि काम नगरेको आम बुझाई रहेको पाईन्छ ।

दुवैको पार्टी कांग्रेस–एमालेमा भित्रभित्रै पदकोलागि मात्र सधैभरि भाँडभैलो भएको मात्र देखिएको सवैका सामु छर्लङै देखिएको छदैंछ । आम मतदातामा कोईराला र पण्डितप्रति रत्तिभर विश्वास नदेखिएको धेरै मतदाता बताउँछन् । यसपाली मुलुकभरका जनताले परिवर्तन जरुरी देखेका छन् । जुन कुरा पछिल्लो स्थानीय चुनावमा समेत देखिएकै थियो ।

यसको प्रत्यक्ष प्रभाव मोरङ–६ मा समेत देखिएको कुरा जगजाहेर नैं छ । अर्कोतर्फ हमेशा पूरानै अनुहारबाट आम मतदाता आजित भएका छन् । यो पाली नयाँ, फ्रेस अनुहार खाजेको देखिन्छ । जसको राम्रो फाईदा एवं सुनौलो मौका कटुवालले पक्कै पनि उँठाउन सक्छन् ।

यहाँ कमेन्ट गर्नुहोस्