१४ बैशाख २०८१, शुक्रबार
Tags

रानी एरियामा चुनौती पूर्ण ट्राफिक व्यवस्थापन गरेर देखाए ट्राफिक प्रहरी पोस्ट रानीले

रणभूमी डेस्क आइतबार, कार्तिक ०६, २०७९

विराटनगर / चाड पर्व लक्षित जोगवनी बजारमा अरु बेला भन्दा बढी भिड भाड हुने गरेको बखत रानी भन्सार नाका अगाडी एउटा चुनौती सरह रहेको ट्राफिक व्यवस्थापनलाई ट्राफिक प्रहरी पोस्ट रानीले सहज बनाएको छ ।

भारत बाट दैनिक ३० देखि ५० हजारको संख्यामा आवत जावत गर्ने रानी नाकामा छरिएर रहेको वैकल्पिक सवारी साधन ई-रिक्सा, ट्याम्पुलाई रानी ट्राफिक प्रहरी पोस्टको प्रहरीहरुले व्यवस्थापन गर्दै मानिसहरूको आवागमनलाई सहज बनाएको हो ।

ट्राफिक प्रहरी पोस्ट बाट प्रसनी प्रेम साहको नेतृत्वमा खटेको ट्राफिक प्रहरी टोलीले ई-रिक्सा, ट्याम्पुलाई यात्रु चढाउने, ओराल्ने कार्य र पार्किङको व्यावस्थापनलाई सहज बनाउँदै चाड पर्वको बेला हुने दुर्घटनाको जोखिमलाई समेत काम गरेको छ।

यहाँ कमेन्ट गर्नुहोस्