१४ बैशाख २०८१, शुक्रबार
Tags

चोरी भएको ट्याम्पु केही घण्टामै खोजेर धनीलाई बुझायो ट्राफिक प्रहरी पोस्ट रानीले

रणभूमी डेस्क मंगलबार, कार्तिक ०८, २०७९

विराटनगर / विराटनगर -१५ को रानी टेक्सी स्टेण्ड एरियामा पार्किङ गरेको ट्याम्पु चोरी भएको केही घण्टामै ट्राफिक प्रहरी पोस्ट रानीको ट्राफिक प्रहरीले फेला पारी सम्बन्धित ट्याम्पु धनी लाई बुझाएको छ।

आईतवार साँझ साढे ५ बजेको समयमा ट्याक्सी स्टेण्ड नजिक पार्किङमा रहेको को २ ह ४३६५ नम्बरको ट्याम्पु चोरी भएको सूचना पाए लगत्तै खोज तलासमा जुटेको ट्राफिक प्रहरी पोस्ट रानीको प्रहरीले विराटनगर -१५ स्थित सुडी बस्ती नजिकबाट ट्याम्पु फेला पारेको थियो।

चोरले ट्याम्पु चोरेर सामानहरू खोलेर केही सामानहरु लुकाईसकेको अवस्थामा प्रहरीले ट्याम्पु फेला परेको थियो । प्रहरीले ट्याम्पु नियन्त्रण लिँदा ट्याम्पुको अगाडिको पाङ्ग्रा भित्रको, ब्याट्री र साउण्ड सिस्टम लगाएतका केही सामानहरू निकालिसकेको अवस्थामा भेटिएको थियो ।

उक्त ट्याम्पु ईलाका प्रहरी कार्यालय रानीमा ल्याई सोमवार सम्बन्धित धनीलाई बुझाएको र ट्याम्पु चोरी भएको स्थानमा रहेको सिसी टिभि क्यामेराको मदतले चोरको खोजी तलास भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्