१६ चैत्र २०८०, शुक्रबार
Tags

जनमत पार्टीका उमेदवार परमेश्वर मूर्मुको उम्मेदवारीले सन्थाल जातिका मानिसहरू हर्षित

रणभूमी डेस्क मंगलबार, कार्तिक १५, २०७९

विराटनगर / मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा जनमत पार्टीबाट उमेदवारी दिएका परमेश्वर मुर्मुले आफ्नो चुनावी घोषणा सार्वजनिक गर्दै जित्ने आधारहरु पेस गरेका छन् ।

आयुर्वदिक चिकित्सा पेशामा आबद्ध उम्मेदवार परमेश्वर मुर्मूलाई जनमत पार्टीलाई नै भोट किन ? भन्ने सवालमा मूर्मुले हरेक घर एक रोजगारका लागी, किसानका समस्या समाधानका लागी, भ्रष्टचार मुक्त देश बनाउनका लागी, शिक्षालाई निःशुल्क गुणस्तरीय बनाउनका लागी, सर्वसुलभ र निःशुल्क स्वास्थ्यका लागी, जनताको शासन स्वराजका लागी, प्रत्यक्ष लोकतन्त्रका लागी, राईट टू रिकल र राइट टू रिजेक्टका लागी, देशको आर्थिक बृद्धिदर १०% पुऱ्याउनका लागी, देशमा आर्थिक क्रान्ति र आमूल परिवर्तनका लागी, न्यूनतम बिजुली र पानी बिल फ्रि गर्नका लागी, १० करोड वृक्षारोपण गर्नका लागी, डिजिटल सरकार बनाउनका लागी, महिला सुरक्षा र सशक्तिकरणका लागी र बैज्ञानिक र दिगो पूर्वाधार विकासका लागी जनमत पार्टीलाई जीताउन आवश्यक रहेको हुँदा सबै मतदाताहरुले मत दिएर जिताउने लक्षय लिएको बताए ।

मूर्मु को उम्मेदवारीले सन्थाल जातिका मानिसहरू खुशी छन् र मोरङ्ग निर्वाचन क्षेत्र नं ५ मा रहेका करिब १४ हजारको हाराहारीमा रहेको मतदाताहरुले प्रत्यक्ष रुपमा सघाउने हुनाले निर्वाचित हुने बलियो आधार रहेको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्