१३ बैशाख २०८१, बिहिबार
Tags

नेपाल सोनार समाजको अध्यक्ष महेश साह द्वारा नेपाली कांग्रेसमा पार्टी प्रवेश

रणभूमी डेस्क मंगलबार, कार्तिक १५, २०७९

विराटनगर / नेपाल सोनार समाजको मोरङ्ग जिल्ला अध्यक्ष महेश कुमार साह सहित दर्जनौं व्यक्ति नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् ।

नेपाली कांग्रसद्वारा विराटनगर -९ स्थित घोघापुल चौकमा आयोजना गरिएको एक कार्यक्रममा नेपाली काँग्रेस मोरङ्ग जिल्ला निर्वाचन क्षेत्र नं ६ को प्रतिनिधि सभा सदस्य उमेदवार शेखर कोइराला र प्रदेश सभा सदस्य ६(२) का उमेदवार केदार कार्कीको हाथबाट टिका खादा लगाई ससम्मान पार्टी प्रेवेश गरी सदस्यता ग्रहण गरेका छन् ।

नेपाल सोनार समाजका जिल्ला अध्यक्ष तथा ओम शान्ति ज्वेलर्सको प्रोप्राइटर समेत रहनुभएका साह एक असल समाज सेवी तथा सामाजिक अभियन्ता पनि हो । मोरङ्ग जिल्लामा साहको राम्रो पकड र चिनजान छ । साहको कांग्रेसमा पार्टी प्रवेशले पार्टीलाई चुनावमा राम्रो फायदा हुने विश्वास रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्