२० बैशाख २०८१, बिहिबार
Tags

नागरिकता समस्या समाधान गर्न कांग्रेस आवश्यक – केदार कार्की

रणभूमी डेस्क मंगलबार, कार्तिक १५, २०७९

विराटनगर / मोरङ्ग जिल्ला निर्वाचन क्षेत्र नं ६(२) को नेपाली कांग्रेस प्रदेश सभा सदस्य उम्मेदवार केदार कार्कीले मुलुकमा कांग्रेसको सरकार आए मात्र नागरिकता समस्या समाधान हुने बताएका छन्।

विराटनगर महानगर पालिका -९ स्थित घोघापुल चौकमा चुनाव प्रचार प्रसार, घरदैलो तथा पार्टी प्रेवेष कार्यक्रमको बीचमा प्रदेश नं १ को आंतरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले नेपाल भित्र जन्मसिद्ध नागरिकता भएका मानिसहरूको सन्तानले नागरिकता नपाउँदा उच्चशिक्षा, रोजगारको अवशरहरुबाट वञ्चित रहनुपरेको समस्यालाई सम्बोधन गर्दै नेपाली कांग्रेसको सरकारले मात्र नागरीकता समस्या समाधान गर्न सक्ने बताए । नागरिकता समस्या समाधान गर्न मंसिर ४ गते हुने प्रतिनिधि सभा / प्रदेश सभा सदस्य र समानुपातिकमा सबैले मतदान गरी नेपाली कांग्रेसलाई विजय गराउन अनुरोध गरेकाे छ ।

यहाँ कमेन्ट गर्नुहोस्