१३ मंसिर २०७९, मंगलबार
Tags

मोरङ्ग ४ बाट प्रतिनिधिमा अमनलाल र प्रदेश प्रदेश(ख)मा भिम निर्वाचित

रणभूमी डेस्क शुक्रबार, मंसिर ०९, २०७९

विराटनगर / प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ्ग जिल्ला निर्वाचन क्षेत्र नं ५ बाट अमनलाल मोदी निर्वाचित भएका छन् भने प्रदेशसभा सदस्यमा (ख) मा भिम पराजुली निर्वाचित भएका छन्।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत मोरङ क्षेत्र नं ५ मा माओवादी केन्द्रको वाम लोकतांत्रिक गठबंधनका उम्मेदवार अमनलाल मोदी ३०६१२ मत ल्याई विजयी भएका छन् ।निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमाले का उम्मेदवार विनोद प्रसाद ढकाललाई ६१४९ मतान्तरले पराजित गरेका हुन् । पराजित विनोद प्रसाद ढकालले कुल २४४६३ मत ल्याएका छन् ।

त्यसैगरी निर्वाचन आयोगका अनुसार प्रदेश सभा निर्वाचन २०७९ अन्तर्गत मोरङ क्षेत्र नं ४(ख)मा नेपाली कांग्रेसका उम्मेदवार भिम पराजुली ११४७९ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमाले का उम्मेदवार जीवन घिमिरे १७८८ मतान्तरले पराजित गरेका हुन् । पराजित घिमिरेले ९६९१ मत ल्याएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्