१३ मंसिर २०७९, मंगलबार
Tags

मोरङ्ग ६(ख) बाट प्रदेशसभा सदस्यमा केदार कार्की निर्वाचित

रणभूमी डेस्क शुक्रबार, मंसिर ०९, २०७९

विराटनगर / प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश नं १ को मोरङ्ग जिल्ला निर्वाचन क्षेत्र नं ६(ख) बाट नेपाली कांग्रेसका प्रभावशाली तथा लोकप्रिय नेता केदार कार्की निर्वाचित भएका छन् ।

निर्वाचन आयोगका अनुसार प्रदेश सभा निर्वाचन २०७९ अन्तर्गत मोरङ क्षेत्र नं ६(ख) मा नेपाली कांग्रेसका उम्मेदवार केदार कार्की १०,४५० मत ल्याई विजयी भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी जनता नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार कृष्ण बस्नेत (परशुराम)लाई १११७ मतान्तरले पराजित गरेका हुन् । पराजित बस्नेतले ९२७३ मत ल्याएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्