२५ माघ २०७९, बुधबार
Tags

सुनसरी ३ बाट भगवती चौधिरी निर्वाचित

मो. अकील काशमी मंगलबार, मंसिर १३, २०७९

सुनसरी / प्रतिनिधिसभा सदस्य निर्वाचन २०६९ मा प्रदेश नं १ को सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं ३ बाट नेपाल कम्युनिष्ट पार्टी एमालेकी भगवती चौधरी निर्वाचित भएकी छिन् ।

निर्वाचन आयोगका अनुसार प्रदेश सभा निर्वाचन २०७९ अन्तर्गत सुनसरी क्षेत्र नं ३ मा एमालेकी उम्मेदवार भगवती चौधरी ४०७८८ मत ल्याई विजयी भएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस को उम्मेदवार विजय कुमार गच्छदारलाई ५१८८ मतान्तरले पराजित गरेकी हुन् । पराजित गच्छदारले ३५६०० मत ल्याएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्