१५ बैशाख २०८१, शनिबार
Tags

वृहत बचत तथा ऋण सहकारी सस्थाको साधारणसभा सम्पन्न

रणभूमी डेस्क बुधबार, पुष १३, २०७९

विराटनगर / विराटनगर महानगर पालिका को १६ नं वडामा रहेको वृहत बचत तथा ऋण सहकारी सस्थाले १२ औ साधारणसभा सम्पन्न गरेको छ । विराटनगर महानगरपालिकाकी सहकारी डिभिजन प्रमुख पृथ्वी वस्नेतको प्रमुख आतिथ्यमा मिल्स मा.वि.मा साधारण सभा सम्पन्न भएको हो ।

वृहत बचत तथा ऋण सहकारी सस्थाको साधारणसभामा संस्थाको अध्यक्ष योेगेन्द्र साहले गत आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसै्गरी सस्थाका कोषाध्यक्ष तारवीन कुमार साहले लेखासमितिको प्रतिवेदन सभामा पेश गरेका थिए ।

सस्थाको असार मसान्त सम्मको शेयर पुजी ४४ लाख ४८ हजार २ साय रुपैयाँ , कोष हिसाव ३ लाख ५५ हजार ४ सय ५ रुपैया , निक्षेप १ करोड ३८ लाख २४ हजार ६ सय २९ रुपैया पचास पैसा र अन्य दायित्व र क्रृण सहित जम्मा २ करो्ड ५० लाख पचास हजार ७ सय ६४ रुपैया नब्बे पैसा रहेको जानकारी दिए ।

सहकारीका जेष्ठ सदस्यहरुलाई सम्मन

कार्यक्रममा सहकारीका जेष्ठ सदस्यहरु कृष्ण कुमार चौधरी , वलदेव साह , अञ्जली साह , विष्णु साह , दीपक रजक र अनिल कार्कीलाई सम्मान गरिएको थियो । साथै कार्यक्रममा सहभागी प्रमुख अतिथि तथा अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गर्दै उत्तकृष्ठ बचत तर्फ राजेश खण्डेवाल र इव्राहीम अंसारीलाई पनि सम्मानित गरिएको थियो ।

मिल्स मा.वि.लाई कुर्सी प्रदान

साधारणसभा कार्यक्रमको अवसर पारेर वृहत बचत तथा ऋण सहकारी सस्थाको तर्फबाट मिल्स मा.वि.लाई १२ थान प्लाष्टीकका कुर्सि समेत प्रदान गरिएको छ

ऋण उतपादनमुलक क्षेत्रमा लगाएमा सफलता मिल्ने-बस्नेत

त्यसै गरी साधारण सभाको प्रमुख आतिथ्य गर्नुभएकी पृथ्वी वस्नेतले बचतकर्ताले लिएको ऋण उतपादनमुलक क्षेत्रमा लगाएमा सफलता मिल्ने हुदा अनुत्पादक क्षेत्रमा लगाउदा जोखिम बढी हुने बताइन। समयमा किस्ता तिर्न नसक्दा सिंगो सहकारीलाई समस्या आउने हुदा ऋण लिदा कुन कामको लागि लिने सो को पहिचान गरि उपयुक्त क्षेत्रमा लगानी गर्दा सस्था र ऋणी दुवैलाइ फाइदा हुने बताइन् । उनले सहकारीको मूल्य मान्यता र सिद्वान्तलाई लत्याएर आफुखुसी गर्ने गरेकोले गर्दा महानगरभित्रका कतिपय सहकारीको अवस्था नाजुक बन्दै गएको बताइन ।

यहाँ कमेन्ट गर्नुहोस्