०४ बैशाख २०८१, मंगलबार
Tags

छिमेकी राष्ट्रको प्रधानमन्त्री नरेन्द्र मोदीको स्वर्गिय आमालाई विराटनगरमा श्रद्धाञ्जली अर्पण

रणभूमी डेस्क शनिबार, पुष १६, २०७९

विराटनगर / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको माताको निधन प्रति शोक व्यक्त गर्दै विराटनगरमा नेपाल भारत रेल यात्रु सहजीकरण समिति लगाएतका संस्थाहरुले श्रद्धाञ्जली अर्पण कार्यक्रम गरेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी को आमा हीराबेन मोदीको १०० वर्षको उमेरमा दुई दिन अगाडि निधन भएको थियो । वहाँको निधन प्रति दुःख व्यक्त गर्दै आत्माको चिर शान्तिको निम्ति शनिवार विराटनगर १२ स्थित सगरमाथा पार्टी प्यालेसमा एजुकेशन मेसेज मिडिया प्रालि, नेपाल भारत सामाजीक सांस्कृतिक मञ्च, नेपाल भारत रेल यात्रु सहजीकरण समिति र बृहत मधेशी नागरिक समाजले संयोक्त रुपमा श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो ।

उक्त श्रद्धाञ्जली सभामा मुख्य रुपमा रेल यात्री सहजीकरण समितिको प्रमुख सलाहकार संरक्षक राजेश गुप्ता, महेश साह सवर्णकार, भारत नेपाल सामाजिक सांस्कृतिक मञ्चको अध्यक्ष राजेश कुमार शर्मा, कोषाध्यक्ष किरण राय,सचिव विकास मंडल, नागरिक समाजको अध्यक्ष सूर्यनाथ सिंह कुशवाह, योगेंद्र यादव, अमित भगत, नेपाली कांग्रेस की नेत्री प्रमिला गाछदार, समाज सेवी पिंकी साह, जयराम यादव, श्याम सुन्दर सुतिहार, र पवन साह लगाएत ५० अन्य दर्जनौं मानिसहरू सहभागी भई हिराबेन को तस्बिरमा पुष्प अर्पण गरेर मौन धारण गरी शोक व्यक्त गरेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्