१६ चैत्र २०८०, शुक्रबार
Tags

दिव्यज्योति अस्पतालद्वारा ट्राफिक प्रहरी पोस्ट रानीलाई १५ थान बोर्ड हस्तान्तरण

रणभूमी डेस्क मंगलबार, पुष १९, २०७९

विराटनगर / दिव्य ज्योति अस्पताल प्रालिले ट्राफिक प्रहरी पोस्ट रानीलाई ट्राफिक नियम तथा व्यवस्थापन गर्न मदत पुग्ने ८० हजार बराबरको सामग्री स्टेण्ड बोर्डहरु हस्तान्तरण गरेको छ ।

मंगलवार विराटनगर महानगर पालिकाको १४ नं वडा स्थित मलाया रोडमा रहेको दिव्य ज्योति अस्पताल प्रालिले ट्राफिक व्यवस्थापन गर्न सहयोग पुर्याउने र दुर्घटना न्यूनीकरण गर्ने उद्येश्यले विभिन्न स्लोगन सहितको १० थान ठुलो स्टेण्ड बोर्ड र ५ थान नो पार्किंग लेखिएको ४/३ आकारको सानो बोर्ड अस्पतालका सञ्चालक तथा बजार व्यवस्थापक राम कृष्ण यादवले ट्राफिक प्रहरी पोस्ट रानी प्रमुख प्रेम कुमार साहलाई हस्तान्तरण गरेको हो ।

धेरै हद सम्म ट्राफिक व्यवस्थापनमा यसले मदत पुर्याउने विश्वास सहित रानी एरियामा देखिएको मानिसहरूको चाप, बढ्दो ट्राफिक व्यवस्थापन र त्यसले हुने दुर्घटना न्यूनीकरण गर्न आवश्यकता अनुसारको ट्राफिक नियम पालना गर्नुपर्ने स्लोगन भएको बोर्डहरु ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेकाे अस्पतालका सञ्चालक तथा बजार व्यवस्थापक राम कृष्ण यादवले बताए ।

त्यसै गरी ट्राफिक प्रहरी पोस्ट रानी प्रमुख प्रम कुमार साहले पनि उक्त बोर्डहरु स्वीकार गर्दै अस्पताललाई धन्यवाद ज्ञापन गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्