१६ चैत्र २०८०, शुक्रबार
Tags

गाईको गोठबाट ३ लाख ८५ हजार बराबरको अवैध सामान ईप्रका रानी द्वारा पक्राउ

रणभूमी डेस्क सोमबार, पुष २५, २०७९

विराटनगर / मोरङ्गको तारेगामाबाट ईलाका प्रहरी कार्यालय रानीबाट खटेको टोलीले ३ लाख ८५ हजार बराबरको कपडा तथा कस्मेटिक सामानहरू बरामद गरेको छ ।

भारतबाट अवैध रुपमा तस्करी गरी नेपाल ल्याएको सामान जहदा गा.पा.७ तारेगामा गोदाम बस्ने प्रदिप शाहको घरको छेउको गाईको गोठमा लुकाइराखेको अवस्थामा आईतवार प्रहरीलाई आएको गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट प्रहरी निरीक्षक महेन्द्र दर्नाल सहितको टोलीले छापा मारी बरामद गरेको थियो ।

बरामद गरिएको सामानहरुमा रु ३ लाख ३० हजार रुपैयाँ बराबरको साडी ६६ थान र कस्मेटिक सामानहरुमा रु ३६ हजार ४ साय रुपैयाँ बराबरको चिम्टी, १९ हजार दुई सय रुपैयाँ मूल्य बराबरको माला रहेको थियो । उक्त सामान जफत गरी भन्सार दाखिला प्रक्रियामा रहेको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्