१६ चैत्र २०८०, शुक्रबार
Tags

स्थानिय जनता सँग सशस्त्र प्रहरीबल बिओपी जहदा भुटाहा मोरङको अन्तरक्रिया कार्यक्रम सम्पन्न

रणभूमी डेस्क सोमबार, पुष २५, २०७९

विराटनगर / सशस्त्र प्रहरीले सशस्त्र प्रहरी सँग सरोकार राख्ने व्यक्ति, विषय र समस्याहरूमा छलफल गर्न सोमवार वडा स्तरीय अन्तरक्रिया कार्यक्रम गरी सम्पन्न गरेको छ । जसमा विराटनगर भन्सार कार्यालय रानीका प्रतिनिधिहरूले धेरैको जिज्ञासा समाधान गरेका थिए ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट जहदा भुटाहाले भन्सार कार्यालय प्रतिनिधि, पशु क्वारेन्टाइन कार्यालय प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, नागरिक समाज, जनप्रतिनिधि, स्थानिय सर्वसाधारण, सञ्चारकर्मी तथा सुरक्षाकर्मीहरुलाई सहभागी गराई आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सीमावर्ती एरियामा स्थानिय स्तरमा हुने सर्वसाधारण, किसान, भारत बाट सामान खरिद गर्ने आउने आम उपभोक्ताको समस्या, खाद्य मलको समस्या, तस्करी, राजस्व चुहावट नियन्त्रण र सुरक्षा, सीमा स्तम्भ निगरानी तथा नियन्त्रण र चुनौतीको विषयमा चर्चा गरिएको थियो । जसमा अधिकांस विषय भन्सार सँग सम्बन्धित विषयहरू आएका हुनाले सोको सटीक जवाफ सहित भन्सार अधिकृतले अन्तरक्रयात्मक कार्यक्रम सफल बनाउन भूमिका खेलेको थियो ।

आम सर्वसाधारणको हितमा हुनेगरी, जनजीवन सहज गराउन र सुरक्षाको अनुभूति गराउन स्थानिय स्तरमा अन्तरक्रिया आवश्यक रहेको बिओपी का सप्रनानी डोगेन्द्र भट्टराईको अध्यक्षतामा बिओपी परिसर भित्रै कार्यक्रम गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा आम सर्वसाधारण तथा सामाजीक व्यक्तित्वहरूबाट रोजगारीको समस्या, दशगजा क्षेत्रमा हुने मदिराको व्यापारलाई व्यवस्थापन गर्ने, राजस्व चुहावट रोक्न कसरी सहयोग गर्ने तथा सीमा स्तम्भको सुरक्षाको विषयमा व्यापक चर्चा भएको थियो ।

कार्यक्रममा भन्सार अधिकृत प्रमानन्द जोशी, कम्प्युटर अधिकृत अरुण पौडेल, नायब सुब्बा कायल पोखरेल, पशु क्वारेन्टाइन कार्यालय प्रमुख अरविन्द मण्डल, भन्सार एजेन्ट संघको तर्फबाट नवल उपाध्याय, विराटनगर-१८ का वडा अध्यक्ष जितेन्द्र साह, जहदा गा.पा.-१ का अध्यक्ष बाबुराम राजवंशी, दिनेश यादव, मटीयरुवा प्रहरी चौकी प्रमुख प्रसनि रामविलास यादव लगायत स्थानिय भाद्र, बुद्धिजीवी, शिक्षक, किसानहरुको बाक्लो सहभागिता रहेको थियो ।

सीमा अपराधका विषयहरु, भन्सार चुहावटका विषयहरू, स्थानिय जनताहरूको जनगुनासो र स्थानिय जनप्रतिन्धीहरुको सल्लाह सुझावलाई मनन गर्दै आउँदा दिनहरुमा सबै कुराको मूल्यांकन गर्दै सबैको हितमा हुनेगरी राजस्व चुहावट नियन्त्रण गर्ने कुरा, सीमा स्तम्भको सुरक्षा र निगरानी तथा शान्ति सुरक्षाको लागि हरपल तयार रहने प्रतिबद्धता सहित सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम संयोजक डोगेन्द्र भट्टराईले कार्यक्रम समापन गर्नुभएको थियो ।

त्यसै गरी सीमा सुरक्षा बल नेपाल बिओपी सोराभगले पनि यसरीनै अन्तरक्रिया कार्यक्रम गरी सम्पन्न गरेकाे छ ।

यहाँ कमेन्ट गर्नुहोस्