१४ बैशाख २०८१, शुक्रबार
Tags

मोरङ्ग व्यापार संघ र उद्योग परिसंघ द्वारा समस्या समाधानको निम्ती अर्थमन्त्री समक्ष आग्रह

रणभूमी डेस्क शुक्रबार, पुष २९, २०७९

विराटनगर / उद्योगी व्यवसायीहरुका विद्यमान विभिन्न समस्याहरु बारे अर्थमन्त्री लगायत नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुसँग भेटघाट गरी समाधानका लागि आग्रह गरेका छन्।

बिहीबार मोरंग व्यापार संघका अध्यक्ष नवीन रिजाल, नेपाल उद्योग परिसंघ प्रदेश नं. १ का अध्यक्ष भीम घिमिरे लगायतले अर्थमन्त्री विष्णु प्रसाद पौडेल, अर्थ सचिव तोयम राय, राजस्व सचिव डा. रामप्रसाद घिमिरे र पर्यटन सचिव सुरेश अधिकारी लगायत नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुसँग भेटघाट गरी चर्को बैंक व्याजदर, प्रतिकूल बैंकिङ नीति, लोडसेडिङ्ग, आयात तथा भन्सार सम्बन्धि जटिलताहरु लगायत उद्योगी व्यवसायीहरुका विद्यमान विभिन्न समस्याहरु बारे अवगत गराई समाधानका लागि आग्रह गरेको थिए ।

भेटघाटका क्रममा मोरंग व्यापार संघका अध्यक्ष नवीन रिजालले विद्यमान चर्को बैंक व्याजदर, प्रतिकूल बैंकिङ नीति र समसामयिक समस्याहरु तत्कालै निराकरण गरिदिनु पुनः पहल गर्नुका साथै भारत सरकारले नेपाललाई ५० हजार मेट्रिक टन गहुँको कोटा निर्धारण गरेता पनि नेपाल सरकारले नेपाली उद्योगीहरुलाई सो कोटा बाँडफाँड गर्न नसकेको हुँदा गहुँमा आश्रित नेपाली उद्योगहरु प्रभावित भई बन्द हुने अवस्थामा रहेको बारे अवगत गराउनु भयो । सो कोटा बाँडफाँडका सम्बन्धमा तत्कालै आवश्यक कदम चाल्न समेत आग्रह गर्नु भएको थियो ।

सो क्रममा अर्थसचिवले नेपाली उद्योगहरुलाई गहुँको कोटा निर्धारण गर्ने कार्यलाई शिघ्रताका साथ अघि बढाइने आश्वासन दिनु भएको थियो भने चर्को बैंक व्याजदर तथा बैकिङ नीति सम्बन्धि समस्याहरु निराकरणकालागि आवश्यक कार्यहरु अघि बढिरहेको जानकारी गराउनु भएको थियो ।

भेटघाटका क्रममा मोरंग व्यापार संघका अध्यक्ष नवीन रिजाल, नेपाल उद्योग परिसंघ प्रदेश नं. १ का अध्यक्ष भीम घिमिरे सहित परिसंघका सदस्यहरु श्रीमती गिरिजा सारडा र राजेन्द्र राठीको उपस्थिति रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्