१४ बैशाख २०८१, शुक्रबार
Tags

एक बालिकालाई दुई युवाले भारत लैजाँदै गर्दा एसएसबीले पक्राउ गरी माईती नेपाललाई दियो जिम्मा

राजेश कुमार शर्मा सोमबार, माघ ०२, २०७९

विराटनगर / दुई जना युवाहरुले नेपाल बाट ललाई फकाई एक बालिकालाई भारतको पटना लैजान लागेको अवस्थामा सशस्त्र सीमा बल एसएसबीको टोलीले पक्राउ गरी माईती नेपाललाई जिम्मा लगाएको छ ।

भारतको जोगबनी स्थित टिकुलिया वस्तीमा सीमामा खटेको ससस्त्र सीमा बल एसएसबीको सहायक सेना नायक राजेन्द्र सिंह चौहानले भारत प्रवेश गरेका तिनै जना सँग अलग अलग सोधपुछ गर्दा तिनै जनाले बोलेको कुरा फरक फरक भएपछि चेलीलाई बेचिने उद्येश्यले नै ल्याएको हुनसक्ने आशंका पक्राउ गरी रानी भन्सारको १ नं ढाँट मा रहेको माईती नेपालका कर्मचारीहरुलाई बोलाई जिम्मा लगाएको थियो । यसरी नेपाली चेलीलाई विजय सहनी र मो मकाबुलले भारत तर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ गरेकाे थियाे ।

तिनै जनालाई माईती नेपालले ईलाका प्रहरी कार्यालय रानीमा ल्याई अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्