१६ चैत्र २०८०, शुक्रबार
Tags

यति एयरलइन्सको विमान दुर्घटनामा दिवंगत भएकाहरू प्रति महेन्द्रचौकमा श्रद्धाञ्जली अर्पण

रणभूमी डेस्क मंगलबार, माघ ०३, २०७९

विराटनगर / आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाउने मृतकको चिरशान्तिको कामना गर्दै बिराटनगर स्थित महेन्द्र चोकमा मैनबत्ती बालेर समवेदना कार्यक्रम गरिएको छ ।

महेन्द्र चौकमा उक्त मैनबत्ती बाली गरेको समवेदना कार्यक्रममा नेपाल भारतसामाजिक सांस्कृतिक मंच का अध्यक्ष राजेश कुमार शर्मा, बृहत मधेसी नागरिक समाजका अध्यक्ष सूर्यनाथ सिंह, नेपाल सोनार समाजका अध्यक्ष महेश कुमार साह र पदाधिकारीहरु सहभागी भएका थिए । सो समावेद्ना कार्यक्रममा नेपाल वैश्य सेवा संघ मोरङ्ग अध्यक्ष गणेश कुमार साह समेतले मृतआत्माको चिरशान्तिको कामना गर्दै मैनबत्ती बालेका थिए ।

माध १ गते आइतबार पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । जहाजमा ७२ जना सवार थिए । अज्ञात ४ जना यात्रुको खोजी तथा उद्धार आज पनि जारी छ । उक्त दिप प्रजलन कार्यक्रममा अभिषेक भगत, राजेश भगत तथा आमजन समुदाय ,लायन्स क्लबका फुलकुमार लालवानी, नेपाल भारत रेल यात्री सहजीकरण समिति का उपाध्यक्ष पवन साह, कोषाध्यक्ष किरण राय अमात, मो.कादीर अलि, वपरडेक संस्थापक सञ्जु साह लगायत सयौं युवा, बुद्धिजीवी , पत्रकार ,जनसमुदायहरुको सहभागिता रहेको थियो ।

जहाज दुर्घटनामा परेर ज्यान गुमाउनेहरु प्रति सम्वेदना प्रकट मापदण्ड विपरित सञ्चालनमा रहेको सम्पूर्ण विमानको अवास्था जाँच गरेर सरकारी सेवामा सञ्चालन गर्न ल्याईएको विमानलाई सञ्चालनमा ल्याउन पर्ने र चालक दल सहित दुर्घटनामा परी ज्यान गुमाएकाहरु दोषी को हो त्यसको जाँच बुझ् गर्न अविलम्ब छानविन समिति गठन गर्नुपर्ने अधिवतक्ता तथा वपरडेक सञ्चालिका सञ्जु साहले बताईन्।

यहाँ कमेन्ट गर्नुहोस्