१५ बैशाख २०८१, शनिबार
Tags

सर्वसम्मत रुपमा स्वतन्त्र भन्सार प्रतिनिधि संगठनको नयाँ समिति गठन

रणभूमी डेस्क बुधबार, माघ ०४, २०७९

विराटनगर / विराटनगर भन्सार कार्यालयमा स्वतन्त्र भन्सार प्रतिनिधि संगठको नयाँ समिति गठन भएको छ ।

संगठनले विराटनगर भन्सार कार्यालय प्रमुख तारा प्रसाद सापकोटाको प्रमुख आतिथ्यमा आयोजना गरेकाे साधारण सभा कार्यक्रममा
यस अघि विराटनगर भन्सार कार्यालयमा स्वतन्त्र भन्सार प्रतिनिधि संगठनको तदर्थ समिति रहेकाेमा सर्वसम्मत रुपमा नयाँ समिति गठान भएको हो ।

संगठनको मंगलबार विराटनगरमा भएको पहिलो साधारण सभाले नवलप्रसाद उपाध्यायको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति सर्वसममत रुपमा गठन भएको छ ।

समितिको उपाध्यक्षमा राकेशकुमार ठाकुर र शरणकुमार खरेल तथा संजय दुगडले सचिव पदको महत्वपूर्ण जिम्मेवारी पाएको छ । अरविन्दकुमार ठाकुर र श्रीमती तारा शाही सहसचिव र सुनिलकुमार पौदार कोषाध्यक्ष पदमा सर्वसम्मत हुनुभएको छ ।

त्यसैगरी ललित बोहरा, संजित भगत, उदय भट्टराई, बसन्त जैन, निरन्जन अग्रवाल, रामभरोसेप्रसाद गुप्ता र किरणशंकर साह सदस्य रहेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्