१३ बैशाख २०८१, बिहिबार
Tags

जसपा महानगर समितिले मनाए बलिदानी दिवस

रणभूमी डेस्क बिहिबार, माघ ०५, २०७९

विराटनगर । मधेश आन्दोलनमा सहादत / प्राप्त गरि शहिद भएकाहरु प्रति विहिवार जनता समाजवादी पार्टी नेपाल महानगार समिती विराटनगरले श्रद्धञ्जली कार्याक्रम गरेको छ ।

जसपा बिराटनगर महानगर समिती को सचिव विकाश कुमार मण्डल को अध्यक्षता र विराटनगर- १७ नं वडाको वडा अध्यक्ष समिम कमर को प्रमुख आतिथ्यमा विराटनगर-१५ स्थित रानी भन्सार नाकामा रहेको बेचन मियाँको शालिकमा फुलको माला लगाई मैनवत्ती बाली एक मिनेट मौन धारण गरेर शोक व्यक्त गर्दै श्रधाञ्जली अपर्ण कार्यक्रम गरेको छ ।

मधेशका विभिन्न जिल्लाहरुमा २०६२/०६३ सालको मधेश आन्दोलनमा बेचन मियाँ, रमेश महतो, सदानन्द यादव, राजकुमार कामत लगाएतले सहादत प्राप्त गरेका थिए । प्रतेक वर्षको माघ महिनाको ५ गते का दिन मधेश आन्दोलनमा बलिदानी दिई सहिद भएकाहरु प्रति मधेशवादी दलहरुले शोक प्रकट गर्दै श्रद्धाञ्जली दिने गरेका छन् ।

यस संगै माघ १ गते को दिन पोखरामा दुर्घट्‌ना भएको यती एयरलाइन्सको विमानमा सवार सबैजना मृतकहरुको आत्माको चिर शान्तीको लागी समेत शोक प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उक्त श्रद्धाञ्जली कार्यक्रममा जसपा विराटनगर महानगर कोषाध्यक्ष रुस्तम अली, मदन तत्मा, हरिनारायण साह, सदिना शेख, शंकर साह र लालबाबु साह लगाएत दर्जनौं मानिसहरूको सहभागिता रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्