१६ चैत्र २०८०, शुक्रबार
Tags

रेलयात्रु सहजीकरण समितिले पर्यटन पर्यावरण जोगाउन सामाजिक कार्यहरुलाई निरन्तरता दिने

रणभूमी डेस्क शुक्रबार, माघ ०६, २०७९

विराटनगर / नेपाल भारत रेल यात्रु सहजीकरण समितिले विराटनगरलाई पर्यटनको लागि विकाश गर्न र ओझेलमा रहेको विराट राजाको दरवारलाई प्रवर्द्धन गर्न बथनाहा भेडियारी रेल मार्गलाई रामायण सर्किट सँग जोडेर लैजान विषयलाई लिएर पर्यटन मन्त्रीलाई ज्ञापन पत्र बुझाउने तयारी गरेको छ ।

रेलयात्रु सहजीकरण समितिको अध्यक्ष राजेश कुमार शर्माले डिसेम्बर महिनामा भारतीय रेलवेको का महा प्रवन्धकलाई पनि यस विषयमा ज्ञापन पत्र बुझाई सकेका छन् ।

पर्यटन पर्यावरण जोगाउन विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेका सहजीकरण समितिले विगतमा गरेका वृक्षा रोपण कार्यलाई निरन्तरता दिने र रोपिएको बिरुवाहरूलाई स्याहार, संरक्षण गर्ने कार्यक्रमलाई तिव्रता दिन समितिका सचिव विकाश कुमार मण्डलले बताए ।

समितिले शुक्रवार समितिका सल्लाहकारहरु तथा नेपाली कांग्रेस प्रदेश कोषाध्यक्ष लोकप्रिय युवा नेता राजेश गुप्ता र ओम शान्ति ज्वेलर्स का संचालक एवं नेपाल सोनार समाज मोरङ्ग जिल्ला अध्यक्ष, समाजसेवी महेश कुमार साह स्वर्नकारको अगुवाईमा समितिका सदस्यहरुलाई भेला गरी पर्यटन मन्त्रीलाई ज्ञापन पत्र बुझाउने र अन्य सामाजिक कार्यक्रमहरुलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा नेपाल भारत रेलयात्रु सहजीकरण समितिका अध्यक्ष राजेश शर्मा लगाएत पवन साह, श्याम कुमार मण्डल, अमित चौधरी, मदन तत्मा, लाल सहनी, मेराज सिद्दिकी लगाएत नेपाल भारत दुवै देशका पदाधिकारी सदस्यहरु सहभागी भएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्