१३ बैशाख २०८१, बिहिबार
Tags

सिएनआई एक्स्पोमा चर्चीत कलाकारहरु द्वारा सांगीतिक र सांस्कृतिक प्रस्तुति हुने

रणभूमी डेस्क शुक्रबार, माघ १३, २०७९

विराटनगर / नेपाल उद्योग परिसंघ प्रदेश नंः १ विराटनगरले माघ १९ गतेदेखि २८ गते सम्म आयोजना गर्ने सि एन आई एक्स्पोमा नेपालका चर्चीत कलाकारहरुले हरेक दिन सांगीतिक र सांस्कृतिक प्रस्तुति गर्ने भएको छ ।

विराटनगर–२ स्थित शंकरपुरमार्गमा कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनी सहितको सि एन आई एक्स्पोमा नेपालका चर्चीत कलाकारहरुले हरेक दिन सांगीतिक र सा“स्कृतिक प्रस्तुति गर्ने तयारी रहेको आयोजकले जनाएको हो । सि एन आई एक्स्पो स्थलमा अहिले रोटे पिङ, विद्युत जडान, घेरा बेरा र स्टोल बनाउने काम भइरहेको नेपाल उद्योग युवा परिसंघ मोरङका कार्यवाहक अध्यक्ष, सशांक वंशलले बताएका थिए ।

एक्स्पोमा नेपालकै चर्चित ब्याण्डहरुले प्रस्तुति दिने उहाँले जनाउनुभयो । एक्स्पोले औद्योगिक उत्पादनको प्रवद्र्धन, कृषि क्षेत्रमा गुणस्तरीय र व्यवसायीक उत्पादन, पर्यटन क्षेत्रको विकास, उत्पादक र उपभोक्ताबीचको सम्बन्ध बिस्तार गर्ने उदेश्य रहेको आयोजकले जनाएको छ । सिएन आई एक्स्पोमा स्वदेशी, तथा विदेशी, मुलुकहरु भारत, चिन, बंगलादेश, पाकिस्तानलगायतका अन्य मुलुकहरुबाट प्रदर्शनीमा सहभागिता रहने भएकाले सिएन आई एक्स्पो सभ्य र भव्य हुने उद्योग संगठन मोरङका अध्यक्ष नविन रिजालले बताका थिए ।

एक्स्पोमा विभिन्न जात जातिहरुको संस्कृति झल्कने खालका स्टलहरु पनि रहने उहाँले जनाउनुभयो। एक्स्पोमा संगितिक प्रस्तुतिका लागि गायक सविन राई तथा उनको फारोह ब्याण्ड र राजु लामाको मंगोलियन हर्ट ब्याण्डले प्रस्तुत गर्ने छन् । सविन र राजुबाहेक पनि थप चर्चित कलाकारहरु पनि एक्स्पोमा प्रस्तुति दिने तयारी भईसकेका छन् । एक्स्पो आयोजक समितिका अनुसार हालसम्म एकदेव लिम्बु, नितेश जंग कुँवर र उनको ब्याण्ड, समिर श्रेष्ठ, आशिष गुभाजुको अकोष्ट्रिक सोलो प्रस्तुति र अनुप्रस्थ ब्याण्डको प्रस्तुति रहने निश्चित भइसकेको आयोजकले जनाएको छ । एक्स्पोमा आधुनिक ४ वटा डोम रहने छन्, भने ३ सय ५० भन्दा बढी स्टोल रहने छन् ।

यहाँ कमेन्ट गर्नुहोस्