१२ बैशाख २०८१, बुधबार
Tags

पालिकाहरुको सहयोगमा घरेलु उद्योगहरुको आफ्ना उत्पादनलाई एक्स्पोमार्फत बाहिर ल्याउने

रणभूमी डेस्क शुक्रबार, माघ १३, २०७९

विराटनगर / मोरङ–सुनसरी औधोगिक क्षेत्रका पाँचवटा स्थानीय तहले माघ १९ देखि विराटनगरमा हुन लागेको सीएनआई कोशी एक्स्पो–२०७९ को उत्साहजनक प्रवद्र्धक गरेका छन् ।

विराटनगर महानगरपालिकासहित औधोगिक करिडोरभित्रका बुढीगंगा गाउँपालिका, कटहरी गाउँपालिका, रंगेली नगरपालिका र सुनसरीको दुहबी नगरपालिकाले आफ्नो पालिकाका घरेलु तथा साना उद्यमी तथा महिला उद्यमीहरुको प्रोत्साहनका लागि एक्स्पोको प्रवद्र्धनमा सहयोग गरेका हुन् ।

आफ्नो उत्पादनको प्रवद्र्धन गर्न उचित अवसर नपाएका त्यस्ता उद्यमीहरुलाई एक्स्पोमा स्टल राख्नका लागि पालिकाले निर्वाह गरेको भूमिका र सहयोग महत्वपूर्ण बनेको हो ।

स्थानीय पालिकाहरुले नै उद्यमीहरुको प्रोत्साहनका लागि उत्साहजनक गरेपछि उद्यमीहरुले एक्स्पोमा आफ्ना उत्पादनहरुको प्रचार प्रसार र बजार निर्माणको अवसर पाउने भएका हुन् । पाँचवटा पालिकाबाट छनौट भएर आउने घरेलु तथा महिला उद्यमीहरुले कम्तिमा पाँचवटा र बढिमा १० वटासम्म स्टलहरु एक्स्पोमा निःशुल्क रुपमा प्राप्त गर्ने जनाइएको छ । जसका कारण उनीहरुले आफ्नो उद्यमलाई बजारको पहुँचसम्म पुर्याउन सहज हुने भएको हो ।

नेपाल उद्योग परिसंघ प्रदेश १ को आयोजनामा विराटनगर–२ शंकरपुर मैदानमा एक्स्पोको तयारीलाई तिब्रता दिइएको छ । परिसंघका प्रदेश अध्यक्ष भीम घिमिरेले स्थानीय तहले उत्साहजनक रुपमा एक्स्पोको प्रवद्र्धनका लागि सहभागीता जनाएको बताए । जसका कारण अत्यन्तै पछाडि रहेका साना, लघु तथा महिलाहरुले संचालन गरेका उद्यमलाई उपभोक्ताहरुमाझ चिनाउनका लागि अवसर प्राप्त भएको उनले बताए । अध्यक्ष घिमिरेले खुल्ला बजारमा साना उद्यमीहरुको समेत पहुँच हुनुपर्ने मान्यता अनुसार पाँचवटा स्थानीय तहमार्फत उनीहरुको सहभागीता सुनिश्चित भएको जानकारी दिए ।

‘पाँचवटा पालिकाले उत्साहजनक रुपमा एक्स्पोलाई प्रवद्र्धन गरिदिनु भएको छ, यसलाई स्थानीय स्तरमा उद्यमशिलताको विकासमा ठुलो मद्दत पुगेको छ’ अध्यक्ष घिमिरेले भने ‘महिला उद्यमी, घरेलु उद्योगहरुले एक्स्पोमार्फत आफ्ना उत्पादनलाई बाहिर ल्याउन सहज भएको छ ।’

यहाँ कमेन्ट गर्नुहोस्