०८ बैशाख २०८१, शनिबार
Tags

जनकपुरमा विश्व सिमसार दिवस भव्यताका साथ सम्पन्न

राजेश कुमार शर्मा शुक्रबार, माघ २०, २०७९

जनकपुर / १९९७ देखी प्रत्येक बर्ष मनाउदै आएको बिश्व सिमसार दिबश जनकपुरमा पनि भव्यताका साथ मनाएको छ ।

सामान्यतया हामीले दलदल सिम, घोल, ताल, तलाउ, पोखरी, दह, कुण्ड, नदीनाला, बाढी क्षेत्र, जलाशय, सिञ्चित क्षेत्र, जलक्षेत्रको घाँसे मैदान जस्ता सिमसार क्षेत्रलाई त्यति महत्वका साथ हेर्ने गर्दैनौ । तर अन्य पारिस्थितिकीय प्रणाली भन्दा अतुलनीय एवम् विशिष्ट यी सिमसार क्षेत्रहरू विश्वकै सबैभन्दा बढी उत्पादनशील र जैविक महत्त्वको क्षेत्र हुन ।

यसै सन्दर्भमा धनुषाधाम संरक्षित वन क्षेत्रमा रहेको धनुषा दहको सरसफाई र सिमसार क्षेत्र सम्बन्धमा जानकारी आदानप्रदान गरी बिश्व सिमसार दिवस उधोग पर्यटन तथा वन मन्त्रालयको आयोजन डिभिजन वन कार्यालय धनुषाको संयोजन र धनुषाधाम संरक्षित वन परिषदको सक्रियता र वन निर्देशनालय समेतको सहयोगमा धनुषाधाममा कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

कार्यक्रमको अध्यक्षता सचिव बिशाल घिमिरे र वन निर्देशक जगन्नाथ प्रसाद जायसवाल डिएफओ द्वय बिनोद सिंह, बेचैन चौधरी, अंजना श्रेष्ठ सुरेश शर्मा, नेपाली साह मिथिला वाइल्डलाइफ ट्रस्ट का अध्यक्ष देव नारायण मंडल बाणगंगा नदी संरक्षण अभियानी प्रमोद कुमार यादव संरक्षण वन परिषद, स्थानीय बिधार्थी लगायत सर्वसाधारणको उपस्थितीमा आयोजित उक्त अवसरमा डिएफओ बिनोद सिंहले सिमसार क्षेत्रको महत्व र सरसफाई बारे बिज्ञ तथा बक्ताहरुले बताउनुभएको थियो । कार्यक्रमको सञ्चालन अनिल साह ले गर्नु भएको र अन्त्यमा, सिमसार दिवसको थीम बारे आयोजित चित्रकला प्रतियोगिताबाट उत्कृष्ट ठहरिएकाहरुलाई पुरस्कार वितरण गरी समापन गरिएको छ ।

कृषि उत्पादन, जैविक विविधताको संरक्षण, जल विज्ञान, पर्यटन प्रवर्द्धन, मनोरञ्जन, आर्थिक, सांस्कृतिक तथा पर्यावरणीय दृष्टिकोणले समेत सिमसारलाई महत्त्वपूर्ण मानिन्छ । जलवायु, भौगोलिक स्वरूप, भूगर्भ र जल परिचालन लगायत भौतिक एवम् रासायनिक प्रक्रियाहरूले गर्दा सिमसारहरूमा लाखौँ रैथाने तथा घुमन्ते चरा, माछा, उभयचर, स्तनधारी, किराहरू र बोटबिरुवाको उच्चतम विविधता पाइन्छ । सिमसारमा जल परिचालन र शुद्धिकरण निरन्तर चलिरहने हुनाले यसलाई ‘प्रकृतिको मृगौला’ पनि भनिन्छ । अर्थात सिमसार क्षेत्र भनेको पृथ्बीको मृगौला हो, जसले बिषाक्त पदार्थलाई फिल्टरेशन गरी जललाई शुद्धिकरण गर्दछ । तसर्थ यसको संरक्षण र बिकासमा जोड दिनुपर्ने बताउनुभयो ।

जनकपुरधामको संदर्भमा भन्ने हो भने मैथिली कबीहरुले बर्णन गर्दा “डेग डेग पर ताल तलैया मठ मन्दिर सब साजै, मन्दिरमे घरी घण्टा और झाइल मृदंगा बाजै” तथा “५२ कुट्टी ७२ कुण्ड, चलही सन्त जन झुण्ड ही झुण्ड” भन्ने पंक्तिहरुले पनि जनकपुरधामको बिशेषता झल्किन्छ। यस्तो बिशेषताको रुपमा रहेको महत्वपूर्ण सम्पत्ती सिमसार क्षेत्र (तालतलैया) अर्थात तलाउहरुको संरक्षण गरी “रामसार क्षेत्रमा” सुचिकृत गरी अन्तरराष्ट्रीय पर्यटकको लागी गन्तब्य स्थलको रुपमा बिकास गर्न र जनकपुरधामको बिकासको लागी महत्वपूर्ण ढोका खोल्न कार्यक्रम आयोजना गरी भव्यताका साथ सम्पन्न गरेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित