०५ बैशाख २०८१, बुधबार
Tags

मास्टर सेफ सन्तोष साहले गरे सीएनआई कोसी एक्स्पोको अवलोकन

रणभूमी डेस्क आइतबार, माघ २२, २०७९

विराटनगर / चर्चित मास्टर सेफ सन्तोष साहले विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोको स्थलगत अवलोकन गरेका छन् । विराटनगर२ शंकरपुर मार्गमा जारी एक्स्पोमा मास्टर सेफ साहले विभिन्न स्टलहरुका उत्पादन र एक्स्पोका विभिन्न आकर्षणको पनि अवलोकन गरेका हुन् ।

साह आरएमसी फुड कम्पनी वीरगंजबाट उत्पादित न्यूट्रि प्लस कम्पनिका ब्राण्ड एम्बेसडर हुन् । विराटनगरमा यसअघि भएका साना ठुला कृषि तथा औधागिक प्रदर्शनीहरुमा नदेखिएको न्यूट्रि प्लस फुड कम्पनिले सीएनआई कोसी एक्स्पोमा भने पहिलो पटक सहभागीता जनाएको छ ।

मास्टर सेफ साहले कम्पनीको स्टलमा बसेर खाने तेल, सनफ्लावर तेल र पामोलिन तेल लगायतका उत्पादनको प्रवद्र्धन गरिरहेका छन् । साहले उद्योगी व्यवसायीहरुका लागि यस्तो एक्स्पो निकै महत्वपूणर् हुने बताए ।
व्यवसायीहरुले राम्रो प्लेटफर्म पाउनु भएको छ, सर्वसाधारणहरुले पनि छानीछानी रोजाइका उत्पादनको अवलोकन र खरिद गर्ने मौका पाएका छन्’ साहले भने, बजारमा विभिन्न ब्राण्डहरु छन्, राम्रो ब्राण्डहरुको व्यापार पनि राम्रो भएका छन्, त्यसले व्यवसायीहरुलाई अघि बढाउन राम्रो अवसर भएको छ ।’
मास्टर सेफ साहले यस्तो एक्स्पो भइरहनु पर्ने बताए । न्यूट्रि प्लस कम्पनिले राम्रो तेलको उत्पादन गरेकोले आफु त्यसको ब्राण्ड एम्बेसडर भएको बताए ।

नेपालको फुड हाइजिन कम्पनीहरु मध्ये राम्रो कम्पनी बनेर आउनु भएको छ’ उनले भने, प्रोसेसिङ र प्यूरिफिकेशन पनि राम्रो छ, उद्योग खुलेर रोजगारी सिर्जना भएको छ, यो सवैको लागि फाइदाको कुरा हो ।’

एक्स्पोमा साहको उपस्थितिले अवलोकनकर्ताहरु पनि उत्साहित बनेका छन् । उनलाई भेटेर सेल्फी फोटो खिच्ने र अटोग्राफ लिनेको पनि भिड लागेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्