०८ बैशाख २०८१, शनिबार
Tags

लागुऔषध समस्या समाधान गर्न १नं प्रदेश प्रहरी प्रमुख डिआईजी ज्ञवाली सँग भयो चर्चा

रणभूमी डेस्क मंगलबार, माघ २४, २०७९

विराटनगर / प्रदेश नं १ को कमाण्ड सम्भाल्नुभएका डिआईजी श्यामलाल ज्ञवालीलाई विराटनगरका समाजसेवी, राजनीतिकर्मी तथा समुदायका अगुवाहरूले स्वागतगर्दै शिष्टाचार भेटघाट गरी समुदाय तथा सीमावर्ती एरियाहरुमा भएका समस्याहरूको विषयमा चर्चा गर्नुभएका छन् ।

मंगलवार नेपाल भारत रेल यात्रु सहजीकरण समितिको संस्थापक सल्लाहकार द्वय नेपाली कांग्रेस प्रदेश कोषाध्यक्ष राजेश गुप्ता, नेपाल सोनार समाज मोरङ्ग जिल्ला अध्यक्ष तथा ओम शान्ति ज्वेलर्सका सञ्चालक समाजसेवी महेश साह स्वर्नाकार र समितिको अध्यक्ष राजेश कुमार शर्माले सहितका व्यक्तिहरूले प्रदेश नं १ को प्रहरी प्रमुखको रुपमा आउनुभएको डिआईजी ज्ञवालीलाई वहाँकै कार्यालयमा स्वागत गर्दै विराटनगर लगाएत अन्य ठाउँहरूमा भएका समस्याहरू, सीमावर्ती एरियामा देखिने लागुऔषधका समस्याहरूका विषयमा केहीबेर चर्चा र छलफल गर्नुभएको थियो ।

सीमावर्ती एरियामा बढिरहेको लागुऔषध कारोवारको विषयमा चिन्ता व्यक्त गर्दै लगातार दुवै देश बीच समन्वय स्थापित गरी अवैध कारोबारीको विरुद्ध अभियान चलाउने विषयमा चर्चा गर्नुभएको थियो ।

त्यसै गरी प्रदेश प्रहरी प्रमुख ज्ञवालीले लागुऔषधको समस्यालाई गम्भीरता पूर्वक लिँदै उक्त समस्यालाई अंकुश लगाउने विषयलाई प्राथमिकताको विषयमा राखेको र समस्या समाधानको निम्ति हरेक प्रकारको कार्यक्रमहरु कार्यान्वयन ल्याउने बताउनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्