१९ मंसिर २०८१, बुधबार
Tags

विराटनगर १५ मा सडक अवरुद्ध गरी स्थानियहरु आन्दोलनमा, मेयर कोईराला विरुद्ध नाराबाजी

रणभूमी डेस्क बिहिबार, माघ २६, २०७९

विराटनगर / २०७१ सालमा एडीभि प्रजोक्ट अन्तर्गत पुनः निर्माण गर्ने भनिएको विराटनगर महानगर पालीकाको १५ नं वडामा पर्ने मलाया रोड बाट हाड्ताली हाट सम्म पुग्ने बाटो सडक ८ वर्ष देखी निर्माण कार्य अवरुद्ध हुँदा स्थानियहरु आन्दोलित भएका छन् ।

मलाया रोडको आईसिपी जाने बाटोको पश्चिम पट्टी रहेको हनुमान मन्दिर छेउबाट हाड्ताली हाट जोड्ने सडक बाटोलाई २०७१ सालमै निर्माण कार्य सुरु गरिएको थियो । बाटो सडक छेउछाउमा घर हुने मानिसहरूलाई मापदण्ड अनुसारको संरचनाहरु महानगर पालीकाको निर्देशन बमोजिम सबैले हटाए । एडीभिले प्रजोक्ट अन्तर्गत पुनः निर्माण कार्य सुरु पनी गर्यो तर बाटो नाला मापदण्ड अनुसार नबनेको भनी उक्त निर्माण कार्य तत्काल रोकिएको थियो ।

मिल्स एरियाकै व्यस्त सडकमा गनिने हडताली हाट मार्गमा त्रिवेणी टोल संगठन, सुनगाभा टोल संगठन, सिद्धार्थ टोल संगठन, चौधरी टोल संगठन र हरिजन टोल संगठन गरी पाँच वटा टोलहरु जोडिएका छन् ।

२०७१ सालमै अवरुद्ध भएको सडक निर्माण कार्य हाल सम्म हाल सम्म सुरु नहुँदा ८ वर्ष देखि हाल सम्म बसोबास गर्ने करिब २०० घर धुरी रहेका यहाँका स्थानियहरु धुलोमय वातावरणमा बाँच्न बाध्य छन् । त्यति मात्र नभएर हरेक वर्ष बर्खा याममा बाढीको समस्या बाट समेत गुज्रिनु परेको स्थानियहरु बताउँछन् ।
एडीभि प्रजोक्टले सुरु गरी लथालिङ्ग अवस्थामा छोडिएको उक्त सडक अविलम्ब पिच गर्नुपर्ने माग सहित स्थानियहरु बाटोमा सडक बन्द गरेर आन्दोलनमा उत्रिन बाध्य भएकी स्थानिय दीपा पौडेल बताउँछिन्।

महानगरले २०७१ सालमै बाटो निर्माणका लागि कडाईका साथ संरचनाहरु खाली गराए तर अहिले सम्म बाटो निर्माणको कार्य लथालिङ्ग छ । यो बाटो कहिले बन्छ भनी महानगर पालिकालाई प्रश्न गर्दा यो बाटोको मुद्दा अख्तियारमा रहेको हुनाले नबनेको भनी पन्छिने गरेको स्थानिय रुपा गुरुङ्ग बताउँछिन् ।

बुधवार विराटनगर महानगर पालीका प्रमुख मेयर नागेश कोईराला १५ नं वडाकै माँङखिम मन्दिरमा आएको बेला स्थानियहरुले मेयर कोईरालालाई बाटो अनुगमनको लागि बोलाउँदा मेयर नआएपछि स्थानियहरु मेयर कोईराला विरुद्ध नाराबाजी गर्दै सडकमा विरोध प्रदर्शन गरेका थिए ।

यथा सिघ्र सडक पिच गरिनुपर्ने, सडकको डिपिआर तयार गर्दा जनसहभागिता गराउनुपर्ने र दुवै तर्फको नाला सरसफाई गरी सल्याप लगाउनुपर्ने तीन बुँदे माग सहित बाटोमा बाँसले घेरेर बाटो अवरुद्ध गरी आन्दोलन गरिरहेका छन् ।

विराटनगर महानगर पालिका वडा नं १५ का वडा अध्यक्ष प्रकाश साह सँग उक्त विषयमा जिज्ञासा राख्दा वहाले भन्नुभयो ‘म पनि १५ नं वडाकै स्थानिय बासी हो र मलाई पनि यो बाटो दिनको ४ / ५ पटक प्रयोग गर्नुपर्छ । वास्तवमा यो ठाउँमा बाटोको समस्या छ तर यो समस्या म निर्वाचित भएर आउनुभन्दा अगाडिको हो र यसको बारेमा मैले वडा समितिको माथिल्लो निकाय महानगर सम्म बारम्बार घचघचाई रहेको छ, महानगर पनि यो विषयमा पोजेटिभ देखिन्छ । बाटोको मुद्दा अख्तियारमा भएको कारणले प्रक्रियामा केही समय लागेको हो । यस विषयमा नगर प्रमुख नागेस कोईरालाले पनि यो ठाउँको समस्या अनुगमन गरेर गाईसक्नु भएको छ र वहा आफै अख्तियार दुरुयोग अनुसन्धान आयोगको कार्यालयमा पुगेर मुद्दाको फैसला कार्यान्वयन गर्न पहल गर्नुभई बाटोको काम सुरु गराउनु हुन्छ भनी आश्वासन दिनुभएको छ ।’

वडा अध्यक्ष साहले बाटोको कारणले बर्खा याममा हुने समस्याको बारेमा पनि बताउँदै अख्तियारमा मुद्दा चलिरहेको कारण केही गर्न नसके पनि बर्खाको बेला खाल्डा खुल्डीमा गिट्टी खसाएर त्यो बाटो हिन्न लायकको बनाउनु भएको बताउनुभयो।

 

यहाँ कमेन्ट गर्नुहोस्