०७ बैशाख २०८१, शुक्रबार
Tags

स्थानीय नागरिक समाज रानीले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापन पत्र

रणभूमी डेस्क आइतबार, माघ २९, २०७९

विराटनगर / स्थानिय नागरिक समाज रानीले नेपाल भारत सीमामा स्थानिय नागरिकहरुलाई बेहोर्नुपरेको समस्याहरू समाधानका निम्ति जिल्ला प्रसाशन कार्यालय मोरङमा ज्ञापन पत्र बुझाएको छ ।

स्थानीय माथि हुने ज्यादती विरुध बिराटनगर महानगर पालिका अन्तरगत का वाड नं. १३, १४, १५, १६, १७२ १८ का विभिन्न राजनितीक दल का अगुवा भद्रभला आदमी मिली फैयाज़ राईनको अध्यक्षतमा ‘स्थानिय नागरिक समाज रानी’ गठन गरेको थियो ।

कोरोना महामारी के वेला देखी उत्तर को नेपाली बजार र त्याहा का पसल बन्द हुने अवस्थामा पुगेको त्याहाका व्यापारी र व्यापारमा चप संकट न आओस भनि ढाट नं. ३ यथासिग खोलनु पर्ने, भस्टाचार गर्ने गराउने लाई कार्वाही गर्नुपर्ने, स्थानीय र व्यापारी पहिचान गरी रु १०० लगायतको नियम लिनुपर्ने, चोरी तस्करी बन्द गरिनुपर्ने, स्थानीयलाई घरायसी प्रयोजनको लागी ल्याउने सामानमा दिनुपर्ने र विवाह, व्रतबन्ध तथा दाइजो को सामान विगतको जस्तै सहुलियत तरिकाले ल्याउने यात्रु शाखा हुँदै ल्याउन दिनुपर्ने मागहरु ज्ञापन पत्रमा उल्लेख गरी प्रमुख जिल्ला अधिकारीलाई बुझाएको छ ।

ज्ञापन पत्रमा उल्लेख भएको मागहरु जायज माग हो भएको र यी मांगहरु यथासिघ्र पुरा नभए समाज आन्दोलन गर्न बाध्य हुने कुरा समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्