१४ बैशाख २०८१, शुक्रबार
Tags

प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलन सम्पन्न

रणभूमी डेस्क आइतबार, माघ २९, २०७९

विराटनगर / प्रथम प्रादेशिक लघुवित्त सदस्य समितिको प्रदेश नंः १ ले प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलन सम्पन्न भएको छ ।

विराटनगर स्थित प्रथम प्रादेशिक लघुवित्त सदस्य समितिको प्रदेश नंः १ का संयोजक संजयकुमार मण्डलको अध्यक्षतामा आईतवार प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलन सम्पन्न भएको हो । प्रादेशिक लघुवित्त सदस्य सम्मेलन लघुवित्तको क्षेत्रमा विकास प्रवद्धनलगायत गरिब वर्ग पनि ऋण लगानी गर्न योग्य छ, भन्ने मान्यतालाई स्थापित गर्न आजको सम्मेलनले घोषण–पत्र जारीगरेको उहाँले बताउनुभयो । सम्मेलनमा प्रदेश नंः १ मा रहेका लघुवित्त संस्था र तिनवटा सहकारी संस्थाहरुका प्रतिनिधि मुलक ५ सय भन्दा बढी सहभागीता रहेको आयोजकले जनाएको छ ।घर–घरमा उद्यम फैलाऊ, गरिबीलाई शुन्य बनाउ भन्ने प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलनले प्राथमिकतामा राखेको संयोजक मण्डलले बताउनुभयो ।

सम्मेलनले लघुवित्त संस्थामा आवद्ध सदस्यहरुको स्तरउन्नती गर्ने खालको योजना तयगर्ने प्रतिनिधिसभाका सभासदस्य योगेनद्र मण्डलले सुझाव व्यक्तगर्नुभयो । उहाँले सवै लघुवित्त संस्थाहरु मिलेर गरिबी हटाउने योजनालाई कार्यन्वयनमा ल्याउन समेत लुभिवित्तकर्मीहरुलाई आग्रहगर्नुभयो ।

प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलनले लघुवित्त विपन्नको सहारा तथा दुःखीबाट सुखी बनाउने, ग्राहक सदस्यहरुलाई उद्यमी तथा उद्यमशिलता बृद्धि गर्न संस्थाहरुले स्पष्ट कार्ययोजना बनाई ठोस कार्यक्रम लागु गर्ने, लघुवित्तका सदस्यहरुलाई ऋणको अति भारबाट जोगाउन कर्जाको आकारमा संस्था र सदस्य दुवै सजग भएर अघि बढने, हरेक लघुवित्त तथा सहकारी संस्थाका कर्मचारीले सदस्यहरुसंगको भेटघाट बढाउने र नियमित अन्तर्रक्रिया गर्ने, सदस्यहरुले कर्जाको सदुपयोग गर्ने र संस्थाले सदुपयोगिताको जाँचमा प्राथमिकता दिने, उदेश्यले माघ २९ गते सम्पन्न भएको सम्मेलनले १४ बुँदै घोषणा–पत्र जारीगरेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्