०८ आषाढ २०८१, शुक्रबार
Tags

जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुख पोखरेललाई स्वागत तथा भेटघाट

रणभूमी डेस्क शनिबार, फाल्गुण ०६, २०७९

विराटनगर / शुक्रवार विराटनगरका समाजसेवी तथा व्यवसायीहरुले जिल्ला प्रहरी कार्यालय मोरङमा सरुवा भई आउनु भएका प्रहरी प्रमुख दिपक पोखरेल र वडा प्रहरी कार्यालय प्रमुख विजय श्रेष्ठलाई स्वागत गर्नुभएको छ ।

जिल्ला प्रहरी कार्यालयमा कार्यालय प्रमुख प्रहरी उपरीक्षक पोखरेल र वडा प्रहरी कार्यालय विराटनगर प्रमुख प्रनाउ श्रेष्ठ सँग नेपाली कांग्रेस प्रदेश नं १ को कोषाध्यक्ष राजेश गुप्ता, ओम शान्ति ज्वेलर्सका सञ्चालक, नेपाल सोनार समाज मोरङ्गको अध्यक्ष तथा समाजसेवी महेश साह स्वर्नकार, अशोक साह, दिनेश साह, दिलीप साह र नेपाल भारत रेल यात्रु सहजिकरण समितिको संयोजक राजेश कुमार शर्मा लगाएतको व्यक्तिहरूले स्वागत गरी भेट्घाट गरेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्