२६ बैशाख २०८१, बुधबार
Tags

विराटनगरमा मिस्टर एण्ड मिस विराट राजवंशी प्रतियोगिता हुने

रणभूमी डेस्क सोमबार, फाल्गुण ०८, २०७९

विराटनगर / विराट राजवंशी प्रगतिशील विकास समाजले विराटनगरमा मिस्टर एण्ड मिस विराट राजवंशी प्रतियोगिता गर्ने भएको छ ।

विराट राजवंशी प्रगतिशील विकास समाज संस्थाको आयोजनामा विगत दुई बर्षदेखी विराट राजवंशी महोत्सव मेलाको आयोजना समेत गरिदै आईरहेको थियो । सोही सन्दर्भमा विराट राजवंशी प्रगतिशील विकास समाज समितिको आयोजनामा विराटनगरमा आगामी चैत्र ३० गते मिस्टर एण्ड मिस विराट राजवंशी २०७९ प्रतियोगिता आयोजनागर्न लागिएको हो । विराट राजवंशी समुदायलाई लक्षितगरि नेपालमै पहिलो पटक यसप्रकारको प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले बताएका छन् ।

विवाट राजवंशी प्रगतिशील विकास समाज समितिले आफ्नो स्थापना कालदेखी नै विराट राजवंशी समुदायको भाषा तथा कला संस्कृतिको संरक्षण र प्रबंधन सहितका विविध कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रम आयोजक भन्छन् “समुदायका युवा युवतीको व्यक्तीत्व विकास र शिक्षा क्षेत्रमा प्रोत्साहनगर्ने उद्देश्य सहित यो प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा १६ वर्ष बढी उमेर समुहका युवायुवतीलाई सहभागि गराईनेछ । सहभागिताकालागि हालसम्म १ सय बढी युवायुवतीले फार्म भरिरकेका छन । प्रतियोगिता अन्तरगत फागुन २ गते पहिलो चरणको अडिसन विराटनगरमा भईसकेको छ । उक्त अडिसनबाट फाईनल प्रतिस्पर्धाकालागि छनौटमा परेका ३५/३५ जना यूवायुवती गरि ७० जना प्रतिस्पर्धिलाई १ महिने प्रशिक्षण दिईने छ । प्रतिस्पर्धिलाई ब्यक्तीत्व विकाश र वक्तृत्वकला लगायतका जीवन उपयोगि विधामा विजहरुबाट प्रशिक्षण दिलाईने छ ।”

प्रतियोगिताको उपाधि बिजेता मिस्टर एण्ड मिसलाई आकर्षक गिफ्ट ह्याम्परका साथै यस संस्थाद्वारा निर्माण गरिने म्यूजिक भिडियो खेल्ने अवसर प्रदान गरिने छ । यसैगरि फाईनलमा सहभागि अन्य प्रतिस्पर्धिलाई योग्यता अनुसार फस्ट रनर अप, सकेण्ड रनर अप, फोटोजनिक, बेस्ट हेयर, बेस्ट फिगर, ट्यालेन्टको उपाधि सहित आर्कषक गिफ्ट ह्याम्पर उपलब्ध गराईने छ । कार्यक्रमको अन्तिम प्रतिस्पर्धामा सहभागिलाई विराट राजवंशी समुदायको मौलिक भेषभूषामै प्रतिस्पर्धा गराईने जानकारी गराए ।

विराट राजवशी प्रगतिशील विकास समाज समिति

यहाँ कमेन्ट गर्नुहोस्