२७ बैशाख २०८१, बिहिबार
Tags

मिस्टर एण्ड मिस पुर्वाञ्चलको ग्राण्ड फिनाले फाल्गुन २० गते सिटी प्यालेसमा

रणभूमी डेस्क बिहिबार, फाल्गुण १८, २०७९

विराटनगर / रोनक फेसन एजेन्सीले गर्न लागेको मिस्टर एण्ड मिस पुर्वाञ्चल नेपालको ग्राण्ड फिनाले फाल्गुन २० गते सिटी प्यालेसमा हुने भएको छ ।

आयोजक संस्था रोनक फेसन एजेन्सीले विहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । करिब १७ लाखको लागतमा हुने भनिएको यो कार्यक्रममा मिस्टर पुर्वाञ्चलका लागि १० जना र मिस पुर्वाञ्चलका लागि १४ जनाले प्रतिस्पर्धा गर्ने छन् ।

आयोजक संस्थाका अध्यक्ष रोनक अग्रवालले विराटनगरमा हुने यो फेसन शो अन्तर्राष्ट्रिय स्तरको हुने बताए । उनले यो प्रतियोगितामा उपाधी हासिल गर्नेले अन्तर्राष्ट्रिय स्तरको शोमा प्रवेश गर्न मौका पाउने उल्लेख गरे । अग्रवालले भारतको मेगा एन्टरटेन्मेन्ट संगको सहकार्यमा हुने यो शोले प्रतियोगीलाई जिन्दगीको वास्तविक उद्देश र बाटो प्राप्त हुने जिकिर गरे ।

त्यसैगरी मेगा एन्टरटेन्मेन्ट भारतका अध्यक्ष अभिजित सिन्हाले मिस्टर एण्ड मिस पुर्वाञ्चल नेपालका प्रतिस्पर्धीहरुले विराटनगरलाई विश्वमा चिनाउन सफल हुने बताए । उनले लामो समय देखि अन्तर्राष्ट्रिय स्तरमा चल्दै आएको शोकै तरिकामा विराटनगरको यो फेसन शो सफल हुने उल्लेख गरे । उनले यो शोले ठुला ब्रान्डहरुलाई नेपाल प्रवेश गर्न सहजबाटो प्रदान गर्ने बताए ।

यहाँ कमेन्ट गर्नुहोस्