१३ बैशाख २०८१, बिहिबार
Tags

नेपाली कांग्रेसको कोशी प्रदेश संयोजकमा राजेश गुप्ता मनोनयन

रणभूमी डेस्क बिहिबार, फाल्गुण १८, २०७९

बिराटनगर / गिरिजा प्रसाद कोइराला फाउण्डेशनले कोशी प्रदेश संयोजक राजेश गुप्ता र मोरंग जिल्ला संयोजक बेदमणि घिमिरेलाई मनोनयन गरेको छ।

पूर्व प्रधानमन्त्री स्व.गिरिजा प्रसाद कोइरालाको नाममा “लोकतन्त्र, शान्ति र विकास” मूलमन्त्र राखेर खोलिएको र संचालनमा रहेको फाउण्डेशनको केन्दिय अध्यक्ष सुजाता कोइराला रहेकी छन् |

२०७९ पौष १ को निर्णय अनुसार २०७९ फाल्गुन १८ मा जारि गरिएको पत्रअनुसार राजेश कुमार गुप्तालाई कोशी प्रदेश संयोजक र बेदमणि घिमिरेलाई मोरंग संयोजकमा २ बर्षका लागि मनोनयन गरिएको केन्दिय अध्यक्ष सुजाता कोइरालाले बताईन्।

बिराटनगर १५ निवाशी राजेश कुमार गुप्ता नेपाली कांग्रेश कोशी प्रदेशका कोषाध्यक्ष समेत हुन् त्यस्तै मोरंग रङ्गेली नगरपालिका ७ निवासी बेदमणि घिमिरे कांग्रेस प्रदेश महाधिवेशन प्रतिनिधि हुन् ।

यहाँ कमेन्ट गर्नुहोस्