११ बैशाख २०८१, मंगलबार
Tags

नेपाल सोनार समाज द्वारा विराटनगरमा भव्य होली मिलान कार्यक्रम

रणभूमी डेस्क आइतबार, फाल्गुण २१, २०७९

विराटनगर / नेपाल सोनार समाज मोरङ्गले विराटनगरमा रंगारङ कार्यक्रम गरेको छ ।

शनिवार हाटखोला विराटनगरमा रहेको गायत्री मन्दिरमा आयोजना गरेकाे होली पर्वको शुभकामना आदान प्रदान तथा रंगाराङ कार्यक्रम नेपाल सोनार समाज मोरङ्ग जिल्ला अध्यक्ष महेश साह स्वर्णकारको संयोजकत्वमा धुमधाम का साथ सम्पन्न गरिएको थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य माननीय भीम पराजुली, नेपाली कांग्रेस कोशी प्रदेश कोषाध्यक्ष राजेश गुप्ता लगाएत नेपाल सोनार समाजको मोरङ्ग, सुनसरी, सप्तरी र झापा लगाएतका ठाउँहरुबाट करिब तीनसय काे हाराहारीमा अथितीहरु सहभागी भएका थिए ।

सोनार समाज द्वारा आयोजना गरिएको होली रंगारंग कार्यक्रममा सोनार समुदाय मात्रै नभई अध्यक्ष महेश साहको निमन्त्रणा स्वीकार गरेर नेपाल र भारत गरी अन्य क्षेत्र तथा समुदायका विशिष्ट वर्गहरु सहभागी भएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित