०७ बैशाख २०८१, शुक्रबार
Tags

किरण केक पार्लर को कमाउ धन्धा, सडेगलेको केक बिक्री गरी ग्राहकको स्वस्थ सँग खेल्दै

ग्राहकले भनेको केक गन्हाएर पसलको मान्छेले पनि खान सकेन

रणभूमी डेस्क आइतबार, फाल्गुण २१, २०७९

विराटनगर / विराटनगरको ट्राफिक चौकमा रहेको किरण केक पार्लरले महिनौ देखिको बासी सडे गलेको केक बिक्री वितरण गर्दै आईरहेको पाईएको छ ।

शनिवार राति ९ बजेको समयमा विराटनगर – १४ बस्ने सञ्जु शाहले ट्राफिक चौकमा रहेको किरण केक पार्लर बाट छोरीको लागि एक थान केक लगेकी थिइन् । घरमा एक चम्चा केक साहकी छोरीले खाने बित्तिकै बान्ता (उल्टी) गर्न थालेपछि साहले केक सुँघेर हेर्दा डुङडुङ्ग गन्हाएको पाएकी थिइन् ।

साहको श्रीमान पवन शाह विहान उक्त केक बोकेर किरण केक पसलमा पुग्यो र पसल सञ्चालक तथा कर्मचारीहरुको लागि एउटा अफर राख्यो, राती सञ्जुले खरिद गरी लागिएको केक सँगै रहेको पसलको अन्य केही केकहरु पसलका साउजी र कर्मचारीहरुले खानु पर्ने शर्त राख्यो जसको बिल पवन शाहले म तिर्छु भने । एक जना ले पसलमै राखेको एउटा केक चाखेर हेर्यो त्यो गनहाईसकेको रहेछ । त्यसपछि तुरुन्त त्यहाँ पसलमा भएको केकहरु त्यहाँबाट हटायो ।

किरण केक का सञ्चालकले विराटनगरमा धेरै ठाउँमा केक बेच्ने पसल थापेर बसे पनि गुणस्तरमा ध्यान नदिई मात्र कमाउ धन्दामा लागेको पुष्टी भयो ।

ग्राहकहरुले पसलमै कुनै सामान खरिद गरी सेवन गर्दा नराम्रो भेटे पछि त्यहाँका सञ्चालकहरुले सामान्य माफी मागेर वा पसल कर्मचारिको गलती भयो भनी पन्छिने गरेका छन् तर गलती सुधारेर उपभोक्तालाई स्वस्थकर वा गुणस्तरीय खाद्य सामग्री बिक्री वितरण गर्ने तर्फ भने ध्यान पुर्याउँदैन ।

यहाँ कमेन्ट गर्नुहोस्