१३ बैशाख २०८१, बिहिबार
Tags

ट्राफिक चौकमा महिलाहरुको सम्मानमा सोनार समाजद्वारा दीप प्रज्वलन गरी मनायो महिला दिवस

रणभूमी डेस्क बिहिबार, फाल्गुण २५, २०७९

विराटनगर / नेपाल सोनार समाज मोरङ्गले ११३ औं अन्तराष्ट्रिय नारी दिवसको अवशरमा विराटनगरको ट्राफिक चौकमा दीप प्रज्वलन गरी धुमधामका साथ मनाएको छ ।

नेपाल सोनार समाज मोरङ्ग जिल्ला अध्यक्ष महेश साह स्वर्णकरको संयोजकत्वमा र नेपाली कांग्रेस विराटनगर महानगर सभापति दीपक चापागाईको प्रमुख आतिथ्यमा र नेपाली कांग्रेस जिल्ला सदस्य महिला नेतृ मुना निरौला सहितले नारीहरुको सम्मानमा साझ ६ बजे देखि दीप प्रज्वलन कार्यक्रम गरेको थियो । जसमा सोनार समुदायका महिला तथा पुरुषहरुको बाक्लो सहभागीता रहेको थियो ।

महिलाहरूले कागजी रुपमा धेरै अधिकार प्राप्त गरेपनि व्यावहारिक रुपमा महिलाहरु अझै अधिकारहरू बाट वञ्चित भईरहेकोले महिलाहरुलाई घरबाटै हामीले अधिकार दिन सिक्यौं र महिलाहरुलाई सम्मान दियौ भने हामी पुरुषहरुलाई पनि महिलाहरूले सम्मनित दृष्टिकोणले हेर्ने हुन्छिन् । त्यसैले महिलाहरुलाई घरबाटै पहिले सम्मान र समाजमा निर्भिक्ता सँग उभिन सक्ने स्वतन्त्रता दिनु पनि आवश्यक रहेको अध्यक्ष साह बताउँछन् ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित