११ बैशाख २०८१, मंगलबार
Tags

सौन्दर्यकर्मी युनियन द्वारा वृद्धाश्रममा आँखा जाँच शिविर

रणभूमी डेस्क बुधबार, चैत्र ०८, २०७९

विराटनगर / राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल(नाबुन)ले विराटेश्वर वृद्धाश्रममा आँखा जाँच शिविर लगाएत विभिन्न कार्यक्रमहरु गरेका छन् ।

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन)को महानगर समितिले १५ औं स्थापना दिवसको अवसर पारेर विराटेश्वर वृद्धाश्रममा आँखा जाँच शिविर गर्नुका साथै, ६० वर्ष देखि १०४ वर्ष उमेरका वृद्ध बुवाआमाहरुलाई सरसफाई, श्रृंगार तथा स्वास्थ्यकर भोजन ख्वाई स्थापना दिवश मनाएको हो ।

युनियनको पहलमा विराटनगर १४ रानी स्थित हाजि आँखा अस्पताल प्रालिको प्राविधिक सहयोगमा आँखा जाँच शिविर सम्पन्न भएको युनियन की अध्यक्ष भली सुब्बाले बताईन् । शिविरमा ४१ जना वृद्ध बुवा आमाहरुको आँखा जाँच गरिएको थियो जस मध्ये १४ जनालाई अस्पतालले आवश्यकता अनुसारको निशुल्क औषधि वितरण समेत गरेकाे थियो भने अन्य आँखामा समस्या देखिएका ११ जनाको उपचार तथा सल्यक्रियामा अस्पताल ले ५० प्रतिशत छुट दिने घोषणा अस्पताल प्रसाशन प्रमुख अन्जनी पोखरेलले गर्नुभएको थियो ।

त्यसै गरी सौन्दर्यकर्मी युनियनमा आबद्ध व्युटिसियनहरुले वृद्ध बुवामाहरुको नङ र कपाल काटेर अपनत्वको महसुस गराउँदै ब्युटी पार्लरमा दिने सेवाहरु प्रदान गरेकी थिईन्।

स्थापना दिवसको अवसरमा मंगलवार गरिएको कार्यक्रम नाबुन महानगर उपाध्यक्ष सरिता राईको अध्यक्षतामा सुरु गरिएको कार्यक्रममा नाबुन प्रदेश सचिव कला डाँगी, हाजि आँखा अस्पताल प्रालि का प्रसाशन प्रमुख अन्जनी पोखरेल, विराटेश्वर वृद्धाश्रम का संस्थापक जगत प्रसाद अर्याल, नेत्र चिकित्सक दिनेश कुमार राय, विरेन्द्र राय, अमिता पौड्याल पोखरेल लगाएतको व्यक्तिहरूको सभगिता रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्