१६ चैत्र २०८०, शुक्रबार
Tags

अवैध मुंग्री माछा नष्ट गर्दै पशु क्वारेन्टाइन र सशस्त्र प्रहरी

रणभूमी डेस्क सोमबार, चैत्र १३, २०७९

विराटनगर / भारत बाट अवैध रुपमा नेपाल ल्याईएको ११० किलो माछा सशस्त्र प्रहरीले पक्राउ गरी पशु क्वारेन्टाइनलाई जिम्मा लगाउदै खाल्डोमा गाडी नष्ट गरेका छन् ।

आईतवार सुनसरीको बाटो भएर मोटरसाइकलमा भारतबाट विराटनगर ल्याउँदै गरेकाे मुङ्री माछा सशस्त्र प्रहरीको एफओबी पोस्ट बखरीले पक्राउ गरेको थियो । क्यारेट र घिउको ड्रममा ल्याउँदै गरेको माछा करिब ११० किलो रहेको थियो ।

सशस्त्र प्रहरीको एफओवी पोस्ट बाखरीले माछा सप्रबल नेपाल बिओपी रानीमा ल्याई पशु क्वारेन्टाइन कार्यालय विराटनगरमा जिम्मा लगाएको थियो ।

पशु क्वारेन्टाइन कार्यालय विराटनगर प्रमुख अरविन्द मण्डल माछा बुझ्दै उक्त सशस्त्र प्रहरी र सञ्चारकर्मीको रोहवरमा विओपी परिसरमै खाल्डो खनी गाडेर नष्ट गरेका थिए ।

पशु क्वारेन्टाइन कार्यालय विराटनगर प्रमुख मण्डलले अवैध रुपमा हुने माछाको तथा पशुपक्षी को कारोबारीलाई निरुत्साहित गर्न कानुन अनुसार कारवाही तथा जरिवानाको दायरामा ल्याउन प्रहरीको सहयोग लिई व्यापारीको खोजी तलास भईरहेको बताए ।

यस्तो पशु जन्य मालबस्तु बाहिरी मुलुकबाट ल्याउँदा गर्नु पर्ने आवश्यक प्रक्रिया नगरेको खण्डमा त्यस्ता माल वस्तुलाई नियन्त्रणमा लिई मानिसलाई जरिवाना समेत गर्ने व्यवस्था रहेको बताए ।
माछा नष्ट गर्दैगरेको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्।

 

यहाँ कमेन्ट गर्नुहोस्