१२ बैशाख २०८१, बुधबार
Tags

अम्बे मुरारी द्वारा महिलालाई आत्मनिर्भर बनाउन सिप मुलक तालिम

उषा सरदार सोमबार, चैत्र २०, २०७९

विराटनगर / महिलाहरूलाई सीप सिकाई आत्मनिर्भर बनाउने उदेश्यले अम्बे मुरारी सेवा केन्द्र बिराटनगरले वडा नम्बर ८ का महिलाहरुलाई बेहुली जुत्ता चप्पल बनाउने सिपमुलक तालिम संचालन गरेको छ ।

विराटनगर महानगरपालिकाको सहयोग र अम्बे मुरारी सेवा केन्द्रको आयोजनामा हुन लागेको १५ दिने बेहुली घरेलु जुत्ता चप्पल बनाउने सीप मुलक तालिम आज देखि सुरु भएको छ।
कार्यक्रमको प्रमुख अतिथी बिराटनगर महानगरपालिका का सामाजिक शाखा प्रमुख अनिता कोईरालाले महिलाहरुलाई आर्थिक रुपमा सबल र सक्षम बनाई आत्मनिर्भर बनाउने उदेश्यले महानगरले बेला बेला सिपमुलक तालिमको आयोजना गर्ने गरेको बताउनु भयो। उहाले महिलाहरू सिप सिकेर मात्र नभैइ आफू आत्मनिर्भर हुन सिकेको सिपलाई ब्यवसायको रुप दिएर अगाडि बढाउनु पर्नेमा जोड दिनु भयो। अम्बे मुरारी सेवा केन्द्रले वडा नम्बर ८ को महिलाहरुलाई ब्यवसायी र आत्मनिर्भर बनाउने उदेश्यले बेला बेला विभिन्न सिपमुलक तालिमहरु संचालन गर्दै आएको केन्द्रकी संस्थापक अध्यक्ष भारती उपाध्यायले बताउनु । उक्त संस्था बाट पहिले पनि वडा नम्बर ८ का महिलाहरुलाई जुटको सामग्री , माला बनाउने जस्ता सीप मुलक तालिम दिई सकेको बताउनु भयो।

सिप मुलक तालिमलाई सम्बोधन गर्नु हुँदै संस्थाका सचिब गंगा प्रसाद यादबले यो तालिम लिएर महिलाहरु आफै ब्यवसायी बनी सक्षम र आत्मनिर्भर बनेमा मात्र यो तालिमले सार्थकता पाउनेमा जोड दिनु भयो । कार्यक्रमको अध्यक्षता अम्बे मुरारी सेवा केन्द्रको संस्थापक अध्यक्ष भारती उपाध्यायले गर्नु भएको थियो । कार्यक्रममा बिराटनगर महानगरपालिकाका प्रतिनिधि , वडा नम्बर ८ का जनप्रतिनिधि , समाजसेवी लगायतको उपस्थिति रहेको थियो।
बिराटनगर वडा नम्बर ८ स्थित अष्ट चिरञ्जीवी मन्दिरमा चैत १९ गते देखि ८० साल बैशाख ३ गते सम्म संचालन हुनलागेको घरेलु सिपमुलक तालिममा वडा नम्बर ८ भरिका २५ जना महिलाहरु सहभागीता रहेका छन ।

यहाँ कमेन्ट गर्नुहोस्