१५ चैत्र २०८०, बिहिबार
Tags

उषा सरदार र विक्रम निरौला उदीयमान र सृर्जनशिल पत्रकारीता पुरस्कारबाट सम्मनित हुने

रणभूमी डेस्क बिहिबार, चैत्र २३, २०७९

विराटनगर / पत्रकार कल्याण कोष मोरङले यस बर्षको उदीयमान पत्रकारीता पुरस्कार मकालु टेलिभिजनकी सम्वाददाता उषा सरदार र सृर्जनशिल पत्रकारीता पुरस्कार उद्घोष दैनिका समाचार सम्पादक विक्रम निरौलालाई प्रदान गर्ने भएको छ ।

विराटनगर स्थित पत्रकार कल्याण कोष मोरङका अध्यक्ष प्रहलाद शाहको अध्यक्षतामा बसेको बैठकले उदीयमान पत्रकारीता परस्कार पत्रकार सरदार र सृर्जनशिल पत्रकारीता पुरस्कार निरौलालाई दिईने निर्णय गरिएको हो । सरदार ग्रामीण जारण राष्ट्रिय साप्ताहिक देखि पत्रकारीता सुरु गरेर अहिले मकालु टेलिभिजनमा कार्यरत रहेकी छिन । भने निरौला कोशी एफ.एम., विविसिलगायत विभिन्न सञ्चार माध्यममा काम गरि सक्नुभएको छ । हाल उद्घोष दैनिकमा समाचर सम्पादकको रुपमा उहाँ कार्यरत रहनुभएको छ । उदीयमान पत्रकारीता पुरस्कारको रासी रु ३१ हजार एक यस ५१ रुपैयाँ र सृजनशिल पत्रकारीता पुरस्कार रु५१ हजार एक यस ५१ रुपैयाँ रहेको कोषका अध्यक्ष शाहले जानकारी दिए ।

पत्रकार कल्याण कोषको भेला कार्यक्रममा पत्रकार सरदार र निरौलालाई नगदसहित पुरस्कार प्रदानगर्ने उहाँले बताए । चैत्र २७ गते सोमवार नेपाल पत्रकार महासंघ मोरङ शाखामा आयोजना गर्न लागिएको कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालामार्फत पुरस्कार प्रदानगर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । पत्रकार कल्याण कोष मोरङले प्रत्येक वर्ष उदीयमान पत्रकारीता पुरस्कार प्रदानगर्दै आईरहेको छ, भने प्रत्येक दुई वर्षमा सृजनशिल पत्रकारीता पुरस्कार प्रदान गर्दै आईरहेको कोषले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्